ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका सरकारी कार्यालयमा सेवाग्राहीको न्यून चाप 

२०७७ असार, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ३, चितवन । चितवनका सरकारी कार्यालयहरु औपचारिक रुपमा असार १ गतेदेखि खुलेपनि सेवाग्राहीको चाप न्यून भएको पाईएको छ । सरकारले झण्डै तीन महीनापछि आंशिक रुपमा लकडाउन खोलेपनि सेवाग्राहीको उल्खेनीय उपस्थिति नभएको हो । 

जिल्लाका बढी सेवाग्राहीको चाप हुने मालपोत, कार्यालय, यातायात सेवा व्यवस्था कार्यालय, विद्युत् कार्यालय, आन्तरिक राजस्व कार्यालयहरुमा सेवाग्राही अपेक्षित रुपमा नआएको कर्मचारीहरुले बताएका छन् ।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी कपिल नेपाल लामो समयपछि कार्यालय खुल्दा सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरिएपनि त्यो नभएको बताउँछन् । ‘हामीले पहिलो दिन देखिनै सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरेका थियौं’, उनले भने, ‘सोचेजस्तो सेवाग्राहीको चाप छैनन ।’

उनका अनुसार अझैपनि करदाता अन्यौलमा रहेको र जरिवाना नलाग्ने भएकोले अत्यावश्यक कामका बाहेक अन्य सेवाग्राही आएका छैनन् । सरकारले  गरेको आंशिक लकडाउन, जोर–विजोर प्रणाली र सार्वजनिक यातायात नचलेका कारण पनि टाढाबाट आउने करदाता आउन नसकेको उनको भनाइ छ । 

सरकारले कोरोना सुरक्षा मापदण्ड र सामाजिक दुरी अपनाउन सरकारी कार्यालयहरुमा दुई चरणमा कार्यालय खोल्न निर्देशन दिएको छ । अझै पनि कयौं मानिस कोरोना भाइरसको जोखिम र त्रासका कारण बाहिर निस्किन सकेका छैनन् ।

यातायात व्यवस्था सेवा कार्यालय, चितवनका प्रमुख सुवास उप्रेती सबै खाले कर तिर्ने अन्तिम मिति चैत मसान्त भएपनि सेवाग्राहीको चाप नबढेको बताउँछन् । 

‘हामीले दुई सिफ्टमा  सामाजिक दुरी अपनाएर सेवा दिएका छौं, उनले भने, ‘तर यति लामो समयपछि कार्यालय खोल्दा पनि चाप बढेको छैन, चारपांग्रे सवारीको तुलनामा दुईपांग्रे सवारीको राजस्व त बढेको छ तरपनि सरकारले चैतमा तिनुपर्ने राजस्व असारमसान्तसम्म तिर्न सकिने भनेकाले पनि चाप कम भएको हो ।’

राजस्व तिर्न आउँदा नियमित रुपमा कोरोना सुरक्षा मापदण्ड अपनाईएको र सामाजिक दुरी कायम गरी राजस्व तिर्ने व्यवस्था गरिएकोले सेवाप्रवाहसमेत सुस्त भएको उनले बताए । 
सधैंजसो भीड हुने जिल्लाको भरतपुर मालपोत कार्यालयमा समेत सेवाग्राहीको त्यति चाप देखिएको छैन ।

कोरोनाका कारण आर्थिक क्षेत्र तहसनहस भएसँगै घरजग्गा कारोबारमा समेत कमी आएको छ । मालपोत कार्यालयमा विदेश जाने विद्यार्थीको लागि धितो बैंक ऋणको प्रक्रिया  र जग्गा रोक्काको कामसमेत ठप्प भएकाले पनि सेवाग्राही कम देखिएका हुन् । 

शुरुका दिनदेखिनै  सेवा नियमित गरेपनि अत्याश्यक  काम  अंशवण्डा र न्यून मात्रामा पहिले पेन्डिङ रहेका  जग्गा पासको कामका लागि मात्र सेवाग्राही आउने गरेको मालपोत अधिकृत हेम तिमिल्सिना बताउँछन् । 

‘चाप त निकै कम छ’, उनले भने, ‘हामीले स्वास्थ्य सुरक्षाको लागि टोकन प्रणाली लागू गरेका छौं ।’ उनका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई एकदिनमै हुने कामलाई सोही दिन सकेर पठाइने गरेको र लामो समय लाग्ने कामलाई दिन तोकेर पठाउने गरिएको छ ।

कार्यालय कक्षभित्र फाइल ल्याउने लैजाने गर्ने काम स्वयं कर्मचारीले नै गर्ने र पालोमा सेवाग्राहीलाई राख्ने गरिएको छ । अधिकांश सरकारी कार्यालयले इन्फारेड गनले ज्वरो नाप्ने, कार्यालय परिसर भित्र हात धुने, सेनिटाइजिङ र अनिवार्य मास्क प्रयोगमा कडाई गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)