ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहाका हात्तीको जीवन रक्षा गर्न माग

२०७७ असार, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । सौराहाका निजी हात्ती सञ्चालकहरूले हात्तीको जीवन रक्षा गर्न माग गरेका छन् । बुधवार सौराहामा पत्रकार सम्मेलन गरेर उनीहरूले माग सम्बोधन नभए निकुञ्जमा लगेर हात्ती छोडिदिने चेतावनी समेत दिएका छन् । निकुञ्जको छेउछाउमा हुँदै आएको चरीचरन बन्द गरिएको भन्दै उनीहरूले चरन क्षेत्र तत्काल खुला गर्न माग गरेका हुन् ।

लकडाउनको कारण देखाउँदै निकुञ्जले दुई हप्तादेखि मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा निजी स्वामित्वका हात्तीलाई प्रवेश गर्न दिएको छैन । पत्रकार सम्मेलनमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले सौराहाको पर्यटन हात्तीबिना सम्भव नहुने बताउँदै हात्तीको जीवन रक्षाको माग गरे । निजी हात्ती सञ्चालकहरूले करीब वार्षिक रू. १ करोड राजस्व तिर्ने गरेको भन्दै उनले आज तिनै हात्ती भोकै हुनुपर्ने अवस्था आएको बताए ।

निजी स्वामित्वको हात्तीमा करोडौं लगानी भएको भन्दै उनले पर्यटन व्यवसाय ठप्प हुँदा हात्तीलाई आहारा खुवाउन समेत धौधौ परेको बताए । त्यसमाथि चितवन राष्ट्रिय निकुञ्जले २ हप्तादेखि निकुञ्ज आसपास क्षेत्रमा हात्ती चरनको सुविधा अकस्मात बन्द गरेपछि आफूहरू थप समस्यामा परेको उनीहरूको गुनासो छ ।

‘पर्यटन व्यवसायीसँग समन्वय नगरी चरन क्षेत्रमा रोक लगाइयो’, अध्यक्ष तिवारीले भने, ‘यदि माग सम्बोधन भएन भने हामी सबै हात्तीलाई निकुञ्जभित्र लगेर छाड्नेछौं ।’ निकुञ्ज छेउछाउका घाँस खेर गइरहेको भन्दै हात्तीको चरीचरनले कुनै पनि असर नपर्ने उनको दाबी छ ।

सयौंको संख्यामा रोजगारीका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने हात्तीका लागि आहाराको अभाव सृजना नगर्न आग्रह गर्दै अध्यक्ष तिवारीले हात्तीको चरन क्षेत्र खुला गर्न सहजीकरणका लागि सामुदायिक वन, निकुञ्ज, पर्यटन व्यवसायी तथा स्थानीय राजनीतिक दललाई आग्रह गरेका छन् ।

कार्यक्रममा क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराईले सौराहाको शान र पर्यायवाची नै हात्ती र हात्ती सफारी भएकाले तत्काल चरीचरनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘एकातिर पर्यटन व्यवसाय ध्वस्त भएर हामी नै बाँच्न नसक्ने अवस्था आइसक्यो । यही बेलामा माथिको आदेश भन्दै चरीचरनमा रोक लगाउनु व्यावहारिक भएन’, उनले भने । कोरोना भाइरस संक्रमणको त्रासका कारण पर्यटन व्यवसायी नै निराश भएको बेला हात्तीको चरीचरनमा रोक लगाएर राज्यले व्यवसायीमाथि दोहोरो मार थपेको उनको भनाइ छ । ‘हात्ती आखिर राज्यको सम्पत्ति हो, यसलाई बचाउने जिम्मा राज्यको हो । यहीबेला राज्य अनुदार भयो’, अध्यक्ष भट्टराईले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)