ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढ–मुग्लिन सडक १८ घण्टापछि एकतर्फी सञ्चालनमा 

२०७७ असार, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ४, चितवन । बुधबारदेखि नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालीखोला र चार किलोका गएको पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको छ ।

 जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार बुधवार  बिहान सवा चार गएको पहिरो पन्छाएर गए राति १० बजेबाट उक्त सडक एकतर्फी सञ्चालनमा आएको हो । बुधवार  १४ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा ल्याएलगत्तै पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको थियो  ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बुधवार बेलुका ७ बजे पुनः सडक अवरुद्ध भए पनि गए राति १० बजे नै सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार हाल सवारीको चाप भएकोले मौसम र चापको अनुकूलता हेरी बाटो पन्छाउने कार्यलाई निरन्तरता दिइएको छ ।

लकडाउनका कारण सार्वजनिक सवारीसाधन नचलेपनि रोकिएका अन्य सवारीसाधन गन्तव्य तिर पठाउने काम भइरहेको थापाले जानकारी दिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)