ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली ४५ % मात्र

२०७७ असार, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ६, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा  राजस्व असुली वार्षिक लक्ष्यको  ५५ प्रतिशतभन्दा कम असुली भएको छ । 

उक्त कार्यालयले चालू आर्थिक वर्ष २०७६/ ७७ को  ११ महीनाको अवधिमा  जम्मा वार्षिक लक्ष्यको ४५ प्रतिशतमात्र राजस्व संकलन गरेको हो । विभागले  यस वर्ष कार्यालयलाई  रू.४३ अर्ब राजस्व असुल गर्ने लक्ष्य दिएको थियो । 

उक्त अनुसार कार्यालयले प्रतिशतको आधारमा सबैभन्दा बढी मूल्य अभिवृद्धि करमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम अन्त : शुल्क शिर्षकमा संकलन गरेको छ । तर कार्यालयको कुल राजस्व संकलन मध्ये ८० प्रतिशतभन्दा बढी कर संकलन अन्त : शुल्कबाट हुँदै आएको छ । 

हालसम्म अन्त : शुल्क शिर्षक अन्तर्गत राजस्व विभागले रू.३७ अर्ब ९४ करोड ४३ लाख ८८ हजार वार्षिक लक्ष्य दिएपनि हालसम्म रू.१७ अर्ब ९२ करोड ८ लाख ८ हजार मात्रै राजस्व संकलन भएको छ ।

कार्यालयलाई मूल्य अभिवृद्धि करमा रू.२ अर्ब ८ करोड ९८ लाख १९ हजार लक्ष्य दिइएकोमा रू.१ अर्ब ७१ करोड २ लाख २१ हजार राजस्व असुली भएको छ । 
यस्तै आयकर शिर्षकतर्फ रू.३ अर्ब ६ करोड ४७ लाख ४४ हजार लक्ष्य दिइएकोमा रू.१ अर्ब ७९ करोड ७० लाख ११ हजार राजस्व असुल भएको छ  ।

बहाल करतर्फ रू. ९ करोड ३९ लाख २३ हजार लक्ष्य दिइएकोमा रू.४ करोड ७२ लाख ६३ हजार राजस्व असुल भएको छ । यस्तै व्याज कर शिर्षकतर्फ रू.१८ हरोड १० लाख ८३ हजार वार्षिक लक्ष्य दिइएकोमा हालसम्म रू.१२ करोड २१ लाख ६४ हजार राजस्व संकलन भएको छ ।

शिक्षा सेवा शुल्कमा रू.१ करोड ३७ लाख ४३ हजार लक्ष्य दिइएकोमा रू.१ करोड २९ लाख ३५ हजार राजस्व संकलन भएको छ । स्वास्थ्य सेवा शिर्षकतर्फ विभागले कुनै लक्ष्य दिएको छैन । तर बक्यौता रकम असुली गर्नको लागि जेठ महीनासम्मको लक्ष्य रू.१ करोड ४३ लाख ३८ हजार दिएकोमा  हालसम्म यस शिर्षकमा कार्यालयले रू.२ लाख २२ हजार मात्र संकलन गरेको छ । 

कार्यालयका सूचना अधिकारी कपिल नेपालले लकडाउनका कारण मदिराजन्य बस्तुको उत्पादन र कारोबार ठप्प भएकोले राजस्व असुलीमा भारी गिरावट आएको बताए । ‘फागुनदेखि न भ्याट रकम संकलन भयो, नत आयकर, व्याजकर, कर परीक्षण र  जरीवानानै असुली भयो’, उनले भने ।

उनका अनुसार हाल वार्षिक लक्ष्य ४५ प्रतिशतको हाराहारीमा असुली भएपनि असार मसान्तसम्म शतप्रतिशतनै उठाउने लक्ष्य कार्यालयले लिएको छ । ‘उठाउने लक्ष्य त शतप्रतिशत नै हो, हेरौं कति उठ्छ’, उनले भने ।  

हाल कार्यालयमा करदाताको चाप बढ्दै गएको र अनलाईन प्रणालीबाट करदाताले कर तिर्ने क्रम बढेकोले करअसुलीको अनुपात बढ्दै गएको उनको भनाइ छ । 

हाल आन्तरिक राजस्व कार्यालयले, चितवन जिल्ला र नवलपरासी पूर्वका करदाताहरुबाट कर संकलन गर्दै आएको छ । विभागले  चालू आवका लागि कार्यालयलाई रू.४३ अर्ब ३८ करोड ७७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)