ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा लागु औषध सहित पाँच जना पक्राउ 

२०७७ असार, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षिया कञ्चन उपरकोटी, भरतपुर महागरपालिका वडा नम्बर ३ कै २२ वर्षिय अविनास बोटे, वडा नम्बर ४ का २१ वर्षिय भुदत्त परियार र गैडाकोट नगरपालिका वडा नम्बर १६ की १९ वर्षिय बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । 

उनीहरुलाई शुक्रवार भरतपुर महानगरपालिका वडा नम्बर २ विक्रममार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, माफिन २५५ एम्पुल, डाईजेपाम २५५ एम्पुल वरामद गरिएको प्रहरी निरीक्षक भट्टले बताए । 

पक्राउ परेका सबैलाई आइतवार नै जिल्ला अदालत चितवनमा लागुऔषध ओसारपोसारमा मुद्धा दर्ता गरिएको उनले जानकारी दिए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दर्ता गरिएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)