ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काँचुली फेर्दै पर्यटकीय गन्तव्य ‘राइनो ताल’

२०७७ असार, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ८, चितवन । केही वर्ष अघिमात्र जलाशय नभएर पटपटी धाँजा फाटेको भरतपुरको काखैमा रहेको राइनो तालले काँचुली फेर्दै गएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर १२ अन्तर्गत रामबेल सामुदायिक वनमा रहेको राइनो तालमा ड्याम फुटेर जाने जोखिम र जंगली पशुपंक्षीलाई पानी पिउन समेत अभाव भएकोले पुर्ननिर्माणको कामलाई तीव्रता दिईएको हो । 

सिमसार क्षेत्र र वातावरणीय दृष्टीले पनि महत्वपूर्ण तालको उचित प्रचार प्रसार भने हुन सकेको छैन । बर्षायाममा तालमा पानी भरिएर ओभरफ्लो हुने गर्छ । यसको लागि हाल पानी निकास गर्न र ड्यामलाई सुरक्षित गर्न कामलाई तीव्रता दिईएको छ । 

‘अहिले लकडाउनको समयमा एउटा संस्थाले संरक्षणको लागि रू. ६ लाख दिएको छ, वनका अध्यक्ष वेदबहादुर थापाले भने । उनका अनुसार अहिले ड्यामको झारहरु पन्छाउने, ताल सफा गर्ने काम समेत गरिदैंछ । 

विभिन्न दुर्लभ बन्यजन्तु लगायत पंक्षीहरुको उत्कृष्ट वासस्थान भएपनि पर्याप्त बजेट नभएका कारण यसलाई आकर्षक बनाउन सकिएको छैन । ‘अघिल्ला सालहरुमा जिल्ला वन कार्यालयको सहयोग र आन्तरिक आम्दानीबाट यसको मर्मत सम्भार हुन्थ्यो उनले भने, लकडाउनका कारण न वनपैदावरको विक्री भयो न बजेटनै निकासा भयो ।’ जसका कारण हाल हिमालयन इन्भायरोमेन्ट एण्ड पब्लिक हेल्थ नेटवर्क संस्थाको समन्वय र युएनडीपी र जिइफ र एसजीपीको सहयोगमा ड्यामको व्यवस्थापन र मर्मत सम्भार गर्न लागिएको हो । 

संस्थाका प्रबन्धक कमल घिमिरे यसक्षेत्रको पर्यावरण, जैविक विविधताको संरक्षण गर्न तालको व्यवस्थापन तथा सरसफाई गर्न लागिएको बताउँछन् । ‘हाम्रो संस्थाको कामनै जैविक विधिताको संरक्षण र सबै प्राणीको रक्षा गर्नु हो, प्रबन्धक घिमिरेले भने, रकम अपुग नभएमा थप रकम समेत मगाउँछौं ।’  

उनका अनुसार बर्षामा मुहानबाट पानीको बहाब बढी हुने हुनाले बहाबलाई रोक्न निकासको लागि काम भईरहेको छ । यस तालमा ६ जना हेरालु सहित ५ ओटा डुंगा सञ्चालनमा ल्याइएको थियो हाल यसको सट्टा फाइवरको डुंगा ल्याउने तयारी भएको अध्यक्ष थापाले जानकारी दिए । 

उनका अनुसार तालको वरिपरि साइकल लेन बनाउने तयारी गरिएको छ । गतसाल ५० लाख बजेट प्रदेश सरकारबाट छुट्याएपनि उक्त रकम ताल नजिकैको वडाले बनाएको पार्कमा खर्च भएको थापाको भनाइ छ । 

भरतपुर वडा नम्बर १२ का अध्यक्ष नरेन्द्र कन्दङ्गवा अहिले  विभिन्न आकर्षक बोटविरुवा, हर्बल प्लान्ट सहितको पार्क सम्पन्न गर्न रकम खर्च भएकोले हाल आवश्यक रकम राइनो तालको लागि खर्च गर्न नसकिएको बताए ।

‘तालको संरक्षण गर्न र पर्यटन प्रबर्द्धन गर्ने वडाको पनि योजना हो उनले भने, पार्क निर्माणको काम सम्पन्न भएपछि राइनोतालको कामलाई तीव्रता दिनेछौं ।’ पार्क, राइनोताल र धनगाढा मन्दिर सहितको पर्यटकीय गन्तव्य जोड्ने सहितको योजना रहेको वडा अध्यक्ष कन्दङ्गवाले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)