ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वर नगरपालिकाको बजेट करीब ८७ करोड

२०७७ असार, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि करीब रू. ८७ करोडको बजेट प्रस्तुत गरेको छ । नगरको सातौं नगरसभामा बुधवार उपप्रमुख कमला बस्नेतले रू. ८६ करोड ७३ लाख ४८ हजारको बजेट सार्वजनिक गरिन् । चालूतर्फ रू. ८ करोड ५० लाख, पूँजीगततर्फ रू. ७८ करोड ८ लाख ४८ हजार र वित्त व्यवस्थापनतर्फ रू. १५ लाख विनियोजन गरिएको हो ।

क्षेत्रगत रूपमा आर्थिक विकासमा रू. १० करोड ४५ लाख, समाजिक विकासमा रू. ३३ करोड ६१ लाख ३३ हजार, पूर्वाधार विकासमा रू. ३२ करोड १७ लाख ५ हजार विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण र विपद् व्यवस्थापनमा रू. १ करोड २ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास (कार्य सञ्चालन तथा प्रशासनिक खर्च समेत) मा रू. ९ करोड ४७ लाख ५५ हजार विनियोजन गरिएको भीमेश्वर नगरपालिकाकी उप्रमुख कमला बस्नेतले बताइन् ।

संघीय सरकारबाट प्राप्त हुने रू. ५६ करोड ५७ लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने रू. ८ करोड ६९ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने रू. ८ करोड ४३ लाख १९ हजार ३५० तथा बागमती प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने रू. ३ करोड २४ लाख ५३ हजारसमेतलाई समेटेर बजेटमा निर्माण गरिएको नगरपालिकाले बताएको छ ।
यसैगरी रू. २ करोड ५० लाख आन्तरिक स्रोतबाट आम्दानी हुने नगरको अनुमान छ । बुधवार नगरसभामा प्रस्तुत बजेटमा गत आवमा खर्च हुन नसकी चालू आवसम्म डम्प भइरहेको रू. ७ करोड ९८ लाख ६ हजार ६५० पनि समावेश गरिएको छ । अनुमानित आयव्यय विवरणमा रू. १५ लाख रूपैयाँ न्यून हुने नगरपालिकाको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)