ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला प्रहरी कार्यालय चितवनमा ६६ ओटा चेक अनादरका मुद्धा दर्ता 

२०७७ असार, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ११, चितवन । आर्थिक वर्ष ०७६/७७ मा जिल्ला प्रहरी कार्यालय, चितवनमा ६६ ओटा चेक अनादरका मुद्धा दर्ता भएका छन् । कार्यालयका अनुसार तीमध्ये ६४ ओटा मुद्धा फर्छ्योट भइसकेका छन् भने २ ओटा फर्छ्योट हुन बाँकी छ । 

चेक अनादरका रकम न्यूनतम ५० हजार देखि ५ करोड सम्मको दर्ता भएको प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङले जानकारी दिए । उनका अनुसार पीडितले बैंकिङ कसुर अन्तर्गत जाहेरी दिइसकेपछि हेटौंडाको उच्च अदालतमा मुद्धा प्रक्रिया अगाडि बढ्छ । 

गत वर्षको तुलनामा यसवर्ष चेक अनादरको घटना खासै बढेको छैन । गत आर्थिक वर्षमा ६२ ओटा चेक अनादरको जाहेरी परेकोमा ६२ ओटा नै फर्छ्योट भइसकेको छ । लकडाउन अघि चेक अनादरका जाहेरी दिनहुँ जसो आउने गरेपनि लकडाउन शुरुभए यता जाहेरी नलिएको गुरुङले जानकारी दिए । चेक अनादरका मुद्धाहरुमा अधिकांश जग्गा व्यवसायी, मेनपावरका व्यवसायी रहेका छन् । 

गुरुङका अनुसार क्षणिक समस्या समाधान गर्न र झन्झटबाट उम्किन त्यस्ता व्यवसायीले पीडितलाई चेक दिएर सम्पर्क बिहीन भएको उनले बताए । ‘जाहेरी दिन्छन, मुद्धा दर्ता गर्न उच्च अदालतमा लैजाने बेला जाहेरीवाला समेत सम्पर्कबिहीन हुन्छन् ।’ उनले भने । 

कोभिड १९ का कारण लकडाउनपछि कार्यालयले कुनैपनि चेक अनादरको जाहेरी नलिएको र त्यस्ता पीडित व्यक्तिलाई सिधै उच्च अदालत जान आग्रह गरेको उनले बताए । 

चेक अनादरका घटना लकडाउन अघि प्रहरी कार्यालयमा आउने गरेपनि लकडाउनका यस्ता घटनाको दर्ता बन्द गरेको अधिवक्ता विनोद मिश्रे बताए । उनका अनुसार चेक मुद्धा दर्ता भइसेकपछि पीडकले विगो बराबरको जरीवाना समेत तिर्नुपर्ने हुन्छ । 

जसमध्ये आधा रकम सरकारी राजस्वमा जम्मा हुने गर्दछ । ‘पीडितले यस्तो केसमा कि प्रहरीसमक्ष जाहेरी दिएर कानूनी प्रक्रिया अघि बढाउन सक्छन्, कि सिधै उच्च अदालतमा मुद्धा पेश गर्न सक्छन् ।’ उनले भने ‘मुद्धा र घटनाको प्रकृति हेरी जरीवानासँगै ३ महीनासम्म कैद सजाय हुन सक्ने अधिवक्ता मिश्रले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Suraj panth chhetri

[Jun 25, 2020 02:16pm]

Lockdown bhanda dherai agadi jada pni mero case darta garn manen cheque bounce ko.Power hune ko matra ujuri darta garne garx chitwan police.power nahune lai court janus vanx.mero experiance share greko.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)