ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी आयोजना : सम्पन्न हुने चरणमा प्रवेश

ठाडो सुरुङमा पेनस्टक जडान सम्पन्न

२०७७ असार, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

असार १५, दोलखा । बहुचर्चित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्टमा पेनस्टक जडानको काम सम्पन्न भएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिएको भर्टिकल साफ्ट (ठाडो सुरुङ) मा पेनस्टक जडान गर्ने काम सम्पन्न भएको हो । आयोजनाको सबैभन्दा कठिन काम मानिएको भर्टिकल साफ्टमा पेनस्टक जडान गर्ने काम मध्ये ३१० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा आइतवार पेनस्टक जडान गर्ने कार्य सम्पन्न भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले जानकारी दिए ।
 

३७३ मिटर लामो तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानको काम गत महीना नै सम्पन्न भइसकेको छ । बेन्ड पाइप बाहेक माथिल्लो भर्टिकल साफ्टको लम्बाई ३०४ दशमलव ८ तथा तल्लोको ३६६ दशमलव ६ मिटर रहेको आयोजनाले बताएको छ ।

माथिल्लो भर्टिकल साफ्टमा गत वर्र्ष असार १० गतेबाट भारतीय कम्पनी टेक्सम्याको रेल्वे ईञ्जिनियरिङ तथा तल्लो भर्टिकल साफ्टमा  गत वर्ष असार १ गतेबाट अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले पेनस्टक जडान शुरु गरेका थिए ।

एक वर्षभन्दा केही बढी समयमा आयोजनाकै सबैभन्दा कठिन काम मानिएको पेनस्टकको जडान सम्पन्न भएकपछि अब आयोजना सम्पन्न हुने अवस्थामा पुगेको यहाँका जिल्लाबासीले बताएका छन् ।

अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले अहिले बाइफोर्केशन तथा डिस्ट्रिब्युसन पाईपको जडानको काम गरीरहेको आयोजनाका प्रवक्ता डाक्टर .न्यौपानेको भनाइ छ । 
 

यस्तै १०० मिटर लामो तेर्सो पेनस्टक जडानको काम भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले गर्ने छ । बाइफोर्केसन तथा तेर्सो पेनस्टक पाईपको जडान सक्न करीब दुई महीना लाग्ने आयोजनाले बताएको छ । असोज अन्तिमसम्ममा एक युनिटबाट परीक्षणको रुपमा विद्युत् उत्पादन हुने सम्भावना रहेको आयोजनाको दावी छ । 

जलासय, गेट, स्पटप्लक, डिस्यान्डर लगायतका हेडवक्र्सका संरचनाहरुको परीक्षण गर्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा परीक्षणहरु रोक्नु परेको थियो । केही समयपछि ति संरचनाहरुको परीक्षण शुरु गरिने उनले बताए ।आयोजनाको पावरहाउसको काम करीब सम्पन्न भइसकेको छ । ट्रान्समिशन लाईनको काम सकिएको छ । 

रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशन को सिभिल संरचनाको काम करीब–करीब सम्पन्न भइसकेको छ  भने उपकरण ढुवानीको काम भइरहेको छ । तर रोल्वालिङ डाइभर्सनको काम भने कोरोना त्रासका कारण मजदूर अभाव लगायतका कारणले ठेकेदारहरुले अगाडि बढाउन नसकेको आयोजनाले बताएको छ ।
     
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)