ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोटलर्स नेपाल (तराई) का मजदूर आन्दोलनमा 

२०७७ असार, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १६, चितवन । केही दिनदेखि भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडमा कार्यरत मजदूरहरुले आन्दोलन गरेका छन् । 

कम्पनीअन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने ४४ जना मजदूरहरुलाई कम्पनीले कामबाट निकालेको भन्दै आन्दोलित भएका हुन् ।

उनीहरुलाई ठकेदार कम्पनी पवन ढुवानीले कामबाट हटाएको थियो  । मजदूरहरुले झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न माग समेत गरेका छन् । आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना मजदूरलाई हटाएर नयाँलाई प्राथमिकता दिएकोले आफूहरु आन्दोलित हुनु परेको बताए । 

कम्पनीले शुरुमा पवन ढुवानीबाट काममा राखिएका उनीहरुलाई हटाएर मारुती ढुवानीलाई कामको जिम्मा दिएपछि मजदूरहरु निकालिएका हुन् । 

‘नयाँ मजदूरहरुले कम्पनीमा काम गरिरहेका छन्, हामीलाई कम्पनीले राख्नुपर्छ, मजदूरले काम पाउनुपर्छ’, सेञ्चुरीले भने । मजदूरहरु विशेषगरी कोकाकोला, फेन्टा, स्प्राइटजस्ता उत्पादनहरु ओसारपसार गर्ने कार्य गर्दछन्  ।

ठेकेदार कम्पनीले सम्झौता सकियो भनेपनि रोजगारी या विकल्प दिनुपर्ने मजदूरको माग छ । 

यता बोटलर्स नेपाल (तराई) लिमिटेडले भने ठकेदार कम्पनी मार्फत राखिएका मजदूरहरु आफ्नो सरोकारको विषय नभएको बताएको छ । ठेकेदार कम्पनीबाट राजिनामा दिएर गएका मजदूरहरु कसरी फेरि आन्दोलनमा उत्रिए भन्ने आश्चर्य लागेको कम्पनीले बताएको छ ।

ठेकेदार कम्पनी पिठुवामा सरेपछि मजदूरहरु आफ्नो इच्छाले उपदान रकम रू. ८१ हजारसहित काम छाडेको कम्पनीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)