ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तलब नपाएपछि आन्दोलन गर्ने तयारीमा चितवनका शिक्षक

२०७७ असार, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १७, चितवन । संस्थागत विद्यालयहरुले नियमित दिनुपर्ने तलब नदिएपछि शिक्षकहरुले आन्दोलन गर्ने तयारी गरेका छन् । नयाँ शैक्षिक शत्र शुरु भईसक्दा पनि पुरानो शैक्षिक शत्रको समेत तलब नपाएको भन्दै चितवनका संस्थागत विद्यालयका शिक्षकहरुले असन्तुष्टी जनाएका छन् । 

नयाँ शैक्षिक सत्र शुरुभएयता आफूहरुले निरन्तर अनलाईन कक्षाबाट पढाईलाई निरन्तरता दिएपनि हालसम्म विद्यालयले तलब नदिएको भन्दै उनीहरु आक्रोशित भएका छन्  । 

बुधवार संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु), चितवनले भरतपुरमा पत्रकार सम्मेलन गरी तलब नदिए शशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोही अनुरुप इष्टु केन्द्रीय समितिले यही असार १९ गते माइतीघर मण्डलामा प्रर्दशन गर्ने जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै इष्टुका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले विद्यालय सञ्चालक समिति, प्याब्सन, जिल्ला शिक्षा कार्यान्वयन ईकाई लगायतका सरोकारवालाई पटक पटक ध्यानाकर्षण र दबाब गराउँदा समेत वेवास्ता गरेकाले शशक्त संर्घष गर्नुको विकल्प नरहेको बताए । 

‘विद्यालयले विद्यार्थीसँग चैत महीनाको समेत शुल्क पनि लिने, भित्रभित्रै भर्नापनि गर्ने उनले भने, हामीलाई अहिलेसम्म तलब नदिने ?

तर कतिपय विद्यालयमा माघ देखिनै तलब नपाएको  र अवस्था दयनीय र जटिल बन्दै गएको बताए । शिक्षकहरुको मागलाई वेवास्ता गरिएको भएका शिक्षकलाई समेत निकालिएकाले  देशभर शशक्त सडक संर्घष गर्न लागिएको उनले बताए । 

हाल निजी विद्यालयका शिक्षक तथा कर्मचारीले दैनिक प्रत्यक्ष, अप्रत्यक्ष रुपमा काम गर्दै आएको तर विद्यालय प्रशासन मुकदर्शक बनेको आरोप शिक्षकको छ । ‘विद्यालय फाइदामा भएको बेला न हामीले बोनस माग्यौं, पाठकले भने, २, ४ महीना आम्दानी भएन भन्दैमा तलब रोक्न मिल्छ?’ उनको आक्रोश थियो । 

सरकारले अभिभावकसँग शुल्क नलिने निर्देशन दिएपनि कतिपय विद्यालयले अभिभावकलाई फोन गरेर नयाँ शैक्षिक शत्रको पनि भर्ना गर्न दबाब दिईरहेको उनले बताए । ‘कि हाम्रो बाँकी तलब देउ, चलाउन सक्दैनौ भने विद्यालय बन्द गर ।’ उनले चुनौती दिए । 

इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले लामो समयसम्म तलब नपाउँदा शिक्षकको अवस्था दयनीय हँुदै गएको भन्दै तत्काल तलब पाउनु पर्ने माग राखे । ‘चितवनका करीब ८० प्रतिशत निजी विद्यालयका शिक्षकले चैत्र महीनादेखि तलब पाएका छैनन्, उनले भने तर सामुदायिक विद्यालयका शिक्षकले काम नगरेपनि नियमित तलब पाएका छन् ।’ राज्यलेनै यसप्रति चासो नदेखाई निजी शिक्षकहरुलाई विभेद गरेको घिमिरेको आरोप छ । 

शिक्षकहरुले जेठ महीनादेखि सम्पूर्ण तलब भुक्तानी गरियोस्, विद्यालयका कामलाई निररन्तरता दिइयोस्, विगतका सहमति कार्यान्यवन गरियोस्, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरियोेस् लगायतका माग राख्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)