ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५० करोडको लगानीमा चितवनमा औषधी उद्योग सञ्चालनमा

२०७७ असार, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २०, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित भुवन वस्तीमा रोयल सासा फर्मासिटिक्यूलस औषधी उद्योग सञ्चालनमा आउने भएको छ । 

पूर्ण रुपमा उद्योग सञ्चालनमा आउन करीब ५० करोड लगानी लाग्ने बताइएको छ । उद्योगले हाल ७ प्रकारका औषधीको उत्पादन परीक्षण शुरु गरेको छ । उद्योगमा ९ जना औषधी व्यवसायीहरुको संयुक्त लगानी रहेको छ । 

हाल उद्योगले आफ्नो परीक्षण उत्पादन शुरु गरेको कम्पनीका अध्यक्ष रञ्जन थापाले जानकारी दिए । उनका अनुसार १२ कट्टा क्षेत्रफलमा सञ्चालनमा ल्याउन लागिएको उक्त उद्योगमा पूर्वाधार मेशीनर उपकरण लगायत गरी २५ करोड लगानी भइसकेको छ  । 

‘अहिले हामीले ७ प्रकारका औषधी उत्पादनको परीक्षण शुरु गरेका छौं, उनले भने, विस्तारै २४ प्रकारका औषधी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ औषधीको गुणस्तर मापन र अनुसन्धान विकासको लागि ल्याब परीक्षण गरिएको छ । बिहीवारबाट परीक्षण उत्पादन शुरु गरिएको थापाले जानकारी दिए  ।

कम्पनीका कार्यकारी निर्देशक अर्जुन प्रसाद पौडेलले अहिले परीक्षण उत्पादन गरिएको र सफल परीक्षण पश्चात मात्र बजारमा लगिने बताए । परीक्षण उत्पादनको समयावधि ६ महीनाको हुन्छ । 

औषधीलाई अधिकतम तापक्रम र आद्रतामा राखिन्छ । त्यसपछि गुणस्तरमा नकारात्मक असर नपरेपछि मात्रै व्यवसायिक उत्पादन गरिन्छ । विदेशबाट आउने औषधीलाई कम गर्न र देशमै गुणस्तरीय र सर्वसुलभ पहुँच पुर्‍याउन उद्योग सञ्चालन गरिएको निर्देशक पौडेलको भनाइ छ  । 

कम्पनीले मेडिकलजन्य २४ प्रकारका औषधी उत्पादन गर्ने जानकारी दिएको छ । त्यस मध्ये पनि एन्टीबायोटिक औषधीलाई लक्षित गरिएको छ । अत्याधुनिक प्रविधिको मेसिन जडान गरी औषधी उत्पादन गरिने बताइएको छ ।  

हाल उद्योगको वार्षिक क्षमता १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युब मलम, ६० लाखपुरिया जीवनजल, र २५ लाख बोतल ड्राई सिरफ उत्पादन गर्न गर्नेछ । बजारको माग र आवश्यकता अनुसार क्षमता विस्तार गर्दै लैजाने अध्यक्ष थापाले जानकारी दिए । 

क्रमश नाक, कान घाँट, मधुमेह, मुटु रोगका समेत औषधी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । साथै सुईजन्य औषधी र आँखा रोगको औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ । 

दुई वर्षभित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको  जिएपी प्रमाणीकरण पाउने गरी काम गरेको थापाको भनाइ छ । उद्योगको पूर्ण क्षमता विस्तार भएपछि झण्डै १५० जनाले रोजगारी पाउने कम्पनीले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Gopal bahadur vishwakarma

[Jul 4, 2020 02:51pm]

Yo samachar padera dherai khusi layo yasari desh ma nai youdhog khole hami para nirbharta bata mukta huna sakintho



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)