ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. १ करोड लागतमा चौंरी प्रजनन तथा स्रोत केद्र स्थापना

२०७७ असार, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका–१ को गैरीमा चौंरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको छ । बागमती प्रदेश सरकार तथा एभरेष्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टरको सहकार्यमा रू. १ करोड लागतमा चौंरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना गरिएको हो ।

उन्नत जातका चौंरीका बाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य संकलन गरी कृत्रिम गर्भाधान समेत गर्ने उद्देश्यका साथ स्रोत केन्द्र स्थापना गरिएको एभरेष्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टरका अध्यक्ष दिनेशराज शिवाकोटीले बताए । रिसर्च सेन्टर स्थापनाका लागि बागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले रू. ५० लाख अनुदान दिएको छ भने बाँकी रकम रिसर्च सेन्टरले लगानी गरेको हो ।

स्रोत केन्द्रमा याक सेड, काउ सेड, कार्यालय भवन, घेराबार लगायत भौतिक संरचना निर्माणमा रू. ६५ लाख भन्दा बढी खर्च भएको छ । यसैगरी सोलुखुम्बुबाट ६ ओटा याक खरीद गरी ढुवानी समेत गर्दा करीब रू. १० लाख खर्च भएको रिसर्च सेन्टरले बताएको छ । यस्तै २ ओटा दुहुनुसहित करीब रू. ५ लाखमा १० ओटा गाई खरीद गरिएको छ । हाल स्रोत केन्द्रका लागि सुस्पा सामुदायिक वनले १२ रोपनी जग्गा उपब्ध गराएको छ ।

स्थानीय स्तरमा पाइने लोकल गाई र याकको बीचमा क्रस गराई उराङ जातका चौंरीका बाच्छी उत्पादन गर्ने स्रोत केन्द्रको योजना छ । हिमाली क्षेत्रमा मात्र रहने याक तथा चौंरीगाई पालनका लागि दोलखाका उच्च भूभागहरू उपयुक्त भएकाले उन्नत जातका चौंरीका बाच्छीहरू उत्पादन गर्ने लक्ष्यका साथ सोत केन्द्र सास्थापना गरिएको अध्यक्ष शिवाकोटीले बताए ।

हाल निर्माण भएको प्रजनन केन्द्रको शाखाको रूपमा आगामी आर्थिक वर्षमा हाल स्रोत केन्द्र रहेको स्थानबाहेक अन्य ठाउँहरूमा पनि भौतिक संरचना निर्माण गरिने केन्द्रले बताएको छ । आगामी ३ वर्षमा केन्द्रको निर्माण पूर्ण रूपमा सम्पन्न हुने र सो अवधिसम्म याकको सिमेन संकलन गरी कृत्रिम गर्भाधानको काम पनि शुरू हुने केन्द्रको भनाइ छ ।

सोत केन्द्र पूर्णरूपमा सञ्चालन हुने समयसम्म सरकारसँग सम्झौता गरी करीब ६०० रोपनी जमीन पनि भाडामा लिइने काम पनि भइरहेको चौंरी प्रजनन तथा स्रोत केन्द्रले बताएको छ । प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक जाने बाटोको छेवैमा चौंरी प्रजनन तथा स्रोत केन्द्र स्थापना हुनुले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)