ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेड्पु पोखरी संरक्षणमा जुट्यो मेलुङ गाउँपालिका

२०७७ असार, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । प्राचीन भेड्पु पोखरीको संरक्षणमा मेलुङ गाउँपालिका जुटेको छ । परापूर्व कालदेखि भेड्पुस्थित प्राकृतिक रूपमा निर्मित भेड्पु पोखरीको संरक्षणमा गाउँपालिका जुटेको हो ।

मेलुङ गाउँपालिका–४, भेड्पु्स्थित भेड्पु पोखरी मेलुङको पर्यटकीय गन्तव्यमध्ये एक बन्न सक्ने तथा पर्यावरण संरक्षणका दृष्टिले समेत महŒवपूर्ण भएकाले गाउँपालिका पोखरी संरक्षणमा जुटेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

पोखरी संरक्षण अन्तर्गत चालू आर्थिक वर्षमा पोखरी वरिपरी तारबार लगाउने काम सम्पन्न भएको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए । मेलुङ गाउँपालिका–४ मा पर्ने भेड्पु पोखरीको संरक्षणका लागि तारबार लगाउने काममा चालू आर्थिक वर्षमा रू. १५ लाख खर्च भएको थोकरले जानकारी दिए ।

मेलुङ हुँदै दोलखाको प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जाने बाटैमा पर्ने भएकाले यो पोखरी पर्यटकीय महŒवका दृष्टिले पनि उत्कृष्ट रहेको प्रवक्ता थोकरको भनाइ छ । पोखरी नजिकै रहेका बौद्ध धर्मसँग सम्बन्धित प्राचीन मानेहरूको संरक्षण गर्ने तथा यसलाई मेलुङको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने तर्फ आगामी आर्थिक वर्षहरूमा काम गर्ने गाउँपालिकाले
बताएको छ ।

पर्यावरण संरक्षण तथा स्थानीय खानेपानीका मुहान संरक्षणका दृष्टिले समेत भेड्पु पोखरीको संरक्षण आवश्यक रहेको गाउँपालिकाको भनाइ छ । पोखरी कहिले बन्यो अथवा बनाइयो भन्ने बारेमा यकिन जानकारी छैन । तर, भीमेश्वर मन्दिरको पुराना कागजातमा भेड्पु पोखरीको नाम उल्लेख हुनुबाट यसको प्राचीनता प्रष्ट हुने भेड्पुका स्थानीय बताउँछन् ।
पोखरी भन्दा तल्लो भेगमा रहेका पानीका मुहानहरू बाह्रै महीना नसुक्ने गरेको उनीहरूको दाबी छ । बौद्ध संस्कृतिमा विश्वास राख्ने तामाङ समुदायको बाक्लो बसोबास रहेको भेड्पुका स्थानीयहरू यो पोखरीलाई पवित्र पोखरीको रूपमा श्रद्धा गर्ने गर्दछन् । प्राचीन पोखरीको अस्तित्वनै संकटमा पर्न सक्ने खतरा बढ्दै गएकोमा गाउँपालिका पोखरी संरक्षणमा अग्रसर भएकोमा स्थानीय भेड्पुवासीहरूले खुशी प्रकट गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)