ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका उद्योग व्यवसाय :  २०% मात्र रोजगारी कटौती

२०७७ असार, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar सूर्यप्रसाद अधिकारी

असार २६, चितवनमा । कोभिड– १९ का कारण गरिएको लकडाउनले चितवनमा २० प्रतिशत रोजगारी गुमेको अनुमान गरिएको छ । 

उद्योग वाणिज्य संघ, चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कमर्समा आबद्ध गरी करीब ६ हजार ५०० ओटा उद्योग व्यवसायमा कार्यरत झण्डै २ लाख रोजगारीमध्ये उक्त प्रतिशतमा रोजगारी कटौति भएको हो ।
 

विशेषगरी पर्यटन उद्योग, शैक्षिक संस्था र यातायात क्षेत्रका रोजगारीमा पूर्ण असर भएपनि अन्य क्षेत्रमा भने रोजगारी कटौती नभएको व्यवसायीले बताएका छन् । 

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल लकडाउनको शुरुका अवधिमा उद्योग व्यवसाय ठप्प हुँदा दैनिक ज्यालाका मजदूरको रोजगारी पूर्णरुपमा कटौति भएपनि मासिक  तलबका कर्मचारी तथा मजदूरलाई भने नियमित तलब पाइरहेको बताउँछन् ।

‘हामीले लकडाउन अवधिमा पनि आंशिक र पूर्णरुपमा तलब दिदैं आएका थियौं, अहिले उद्योग, व्यवसाय खुल्दै गएका छन्, कर्मचारी आउने क्रम बढ्दो छ’, उनले भने । उनका अनुसार उद्योग संघमा १ हजारको हाराहारीमा उद्योग व्यवसाय दर्ता छन् ।

जसअनुसार करीब ३० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । पर्यटन, सार्वजनिक  यातायात र शैक्षिक संस्था र शैलुन व्यवसायमा पूर्णरुपमा रोजगारी कटौती भएपनि अन्य क्षेत्रमा कटौती नभएको उनले बताए ।

चेम्बर अफ कमर्सका चितवनका उपाध्यक्ष गोपाल भट्टराई संस्थामा आवद्ध ७०० ओटा उद्योग व्यवसायमध्ये २५ प्रतिशतको हाराहारीमा रोजगारी गुमेको बताउँछन् । ‘लामोसमय बन्द भएका कारण कति उद्योग व्यवसायका कर्मचारी विस्थापित पनि भए, कतिपयले विकल्प पनि रोजे’, उनले भने । उनका अनुसार उद्योग व्यवसायको क्षमता र कारोबार हेरेर दैनिक ज्यालादारीहरुको संख्यामा पनि धेरै कटौती भएको छ । 

कम्पनीलाई अति आवश्यक पर्ने कर्मचारी, प्राविधिक लगायतका कर्मचारीलाई भने नियमित तलब दिएको उनको भनाइ छ । तर उद्योग वाणिज्य संघ चितवनले भने उद्योग व्यवसाय ठप्प भएपनि कर्मचारीको तलब नकटाउन अनुरोध गरेका कारण बेरोजगारीको संख्या कम भएको बताएको छ ।

‘हामीले हाम्रो व्यवसाय ठप्प भएपनि सबै व्यवसायीलाई तलब नरोक्न अनुरोध गरेका थियौं’, संघका अध्यक्ष राजु श्रेष्ठले भने, ‘अहिलेसम्म रोजगारी गुम्यो भनेर कसैले गुनासो गर्न पनि आएको छैन । उनका अनुसार   भारतीय कामदार र कर्मचारी लकडाउनको कारण काम गर्न आउन नपाएका  कारण रोजगारीको संख्या कमी भएको देखिएको हो ।

विशेषगरी उद्योग कलकारखाना, ईंट्टा उद्योग, निर्माणसामग्री उद्योगमा मजदूर तथा प्राविधिक गरी करीब ३० प्रतिशत भारतीयले रोजगारी पाएको उवासंघको अनुमान छ । 
कोभिड– १९ को प्रभाव कमभएसँगै उद्योग व्यवसाय क्षेत्रले पनि गतिलिने उनको तर्क छ । 

‘लकडाउनका कारण नेपाली कामदारलाई  स्वालम्बन र आत्मनिर्भर बन्न मद्दत पुगेको छ’, उनले भने,  ‘क्षणिक रुपमा यसले असर गरेपनि दिर्घकालीन रुपमा यसबाट फाइदा नै हुन्छ ।’ 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)