ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौधरी ग्रूपद्वारा सिजील्याण्डमार्कका व्यवसायीलाई ४ महीनाको भाडा छूट 

 व्यवसायी उत्साहित 

२०७७ असार, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ३१, चितवन ।  भरतपुरमा रहेको अत्याधुनिक तथा सुविधासम्पन्न  सपिङमल सिजी ल्यान्डमार्कले यहाँ रहेका व्यवसायीलाई लकडाउन अवधिभर (चार महीना) को भाडा छूट दिने भएको छ । 

प्रतिष्ठित उद्योगी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले चैत्र देखि असारसम्मको भाडा छूट दिने निर्णय गरेको हो । यो अवधिको कम्प्लेक्सको भाडा रू.२ करोड ५० लाखभन्दा माथि छ । सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजीग्रूप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । 

उद्योग व्यवसायमा मात्रै सीमित नभएर मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत  योगदान गर्दै आएका मनकारी चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका साना तथा मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छूट गर्न भनेका हुन्  ।  

‘माननीयज्यू आफैंपनि व्यवसायी भएकोले व्यवसायीका समस्याबारे उहाँलाई कसैले सिकाउनुपर्ने आवश्यकता थिएन, ‘लकडाउनकै समयमा यहाँ आइपुग्नुभएका उहाँले व्यवसायीको मर्का बुझेर स्वस्फूर्त रुपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो’, उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी) का सञ्चालक राजेन्द्र अर्यालले भने । 

भाडा छूट गर्ने निर्णयसंँगै  मलका व्यवसायी उत्साहित भएका छन् । कम्प्लेक्समा सिनेप्लेक्स, सोनम गियर, र अर्किड कपडा पसल सञ्चालन गर्दै आएका सञ्चालक गणेश श्रेष्ठले आफूहरुलाई ठूलो राहत मिलेको बताए । 

‘यतिबेला कर्मचारी, बैंकको ब्याज तथा व्यवसाय ठप्प भएको बेला, मलको यो निर्णयलाई हामीले ह्दयदेखि स्वागत गर्दछौं’, उनले भने । लकडाउनका कारण व्यवसायनै विस्थापित भइरहेको अवस्थामा यस शतप्रतिशत छूटले आफूलाई उर्जा मिलेको श्रेष्ठको भनाइ छ । 

अर्का व्यवसायी प्रकाश श्रेष्ठले सरकारले व्यवसायीका लागि कुनै सहयोग नगरेको बेला नीजि क्षेत्रले गरेको यस्तो कदमप्रति आफूलाई खुशी लागेको बताए । 

‘अहिले सरकार छ कि छ्रैन भन्ने अवस्थामा लाखौं भाडा छूट हुनु हाम्रो लागि ‘प्लस पोइन्ट’ हो’, उनले भने । चौधरी ग्रूपले आफ्नो व्यवसायीक धर्म निभाउनुको साथै व्यवसायीको मर्म बुझेको उनले बताए ।

खाद्यसामग्री बाहेक उक्त मलमा सब्रै प्रकारका दैनिक उपभोग्य बस्तु, होटेल, रेष्टुरेण्ट, तथा मनोरञ्जनका व्यवसायहरु सञ्चालनमा छन् । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेल पलायनको खतरा टरेको बताउँछन्  । 

‘कारोबार गर्न नपाएको चार महीना बितिसक्यो, यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘यो   कदमबाट हामीले ठूलो राहत महसुस गरेका छौं ।’
अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छूटको निर्णयबाट आफूलाई ठूलो राहत मिलेको  बताए  । 

‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ, यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुले अनुशरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायीपलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ ।’ 
बिएमसीका सञ्चालक अर्याल व्यवसायीको व्यवसाय जोगिएमात्रै सबै कुरा जोगिन्छ भन्ने अनुभूति भएकोले भाडा छुट भएको बताउँछन् ।मलका प्रबन्धक  उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसलखोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् ।

सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालनगर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ । 

सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षासम्बन्धीअन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मलव्यवस्थापनले सुरक्षाकर्मी र सीसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरेर ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाइएको म्यानेजर केसीले जानकारी दिए । 

सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्थाका साथै निर्मलीकरण गरी व्यापारिक मल सञ्चालन हुँदै आएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)