ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखाका सात स्थानीय तहबाट रू. १९ करोड ८७ लाख अनुदान फिर्ता

२०७७ सावन, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाका सात ओटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ को करीब रू. १९ करोड ८७ लाख अनुदान रकम फिर्ता गरेका छन् । सशर्त अनुदान अन्तर्गत संघीय सरकार तथा प्रदेश सरकारले उपलब्ध गराएको सो अनुदान रकम स्थानीय तहहरूले खर्च गर्न नसकेपछि फिर्ता पठाउनु परेको हो ।

९ ओटा स्थानीय तह रहेको दोलखाका ७ ओटा स्थानीय तहले असार मसान्तमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गतको कुल रू. १९ करोड ८६ लाख ८४ हजार ६६१ फिर्ता गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका मुख्य कोष नियन्त्रक शिवनाथ पौडेलले बताए ।

फिर्ता भएको अनुदानमध्ये संघीय अनुदान रू. १७ करोड १ लाख ३७ हजार १७५ तथा प्रदेश अनुदान रू. २ करोड ८५ लाख ४७ हजार ४४६ रहेको नियन्त्रक पौडेलकोे भनाइ छ । जिल्लाका दुई स्थानीय तह शैलुङ तथा तामाकोशी गाउँपालिकाले भने रकम फिर्ता गरेको प्रमाण कार्यालयलाई प्राप्त नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले बताएको छ ।

संघीय सरकारबाट प्राप्त सशर्त अनुदान फिर्ता गर्ने स्थानी तहहरूमा भीमेश्वर नगरपालिका रू. १ करोड १३ लाख ३७ हजार २७४, जिरी नगरपालिका रू. २ करोड ९६ लाख १० हजार ७२१, बिगु गाउँपालिका रू. १ करोड १३ लाख ७७ हजार २२७ र कालिञ्चोक गाउँपालिका रू. १ करोड ९७ लाख २५ हजार ७७९ फिर्ता गरेका छन् ।

यस्तै बैतेश्वर गाउँपालिकाले रू. १ करोड ११ लाख ९४ हजार ९१८, गौरीशंकरले रू. २ करोड ७५ लाख ७५ हजार २२४ तथा मेलुङ गाउँपालिकाले रू. ५ करोड ९३ लाख १६ हजार ३१ खर्च गर्न नसकी फिर्ता गरेका हुन् ।

प्रदेश अनुदान फिर्तातर्र्फ भीमेश्वर नगरपालिकाले रू. २७ हजार ४१५, जिरी नगरपालिकाले रू. ९ लाख २६ हजार ८३०, बिगु गाउँपालिकाले रू. ६ लाख ५८ हजार १३७ र कालिञ्चोक गाउँपालिकाले रू. ५४ लाख ७८ हजार २८१ फिर्ता गरेका छन् । यस्तै बैतेश्वर गाउँपालिकाले रू. ८७ लाख ६० हजार १६३, गौरीशंकर गाउँपालिकाले रू. ८८ लाख ३६ हजार ३२३ तथा मेलुङ गाउँपालिकाले रू. ३८ लाख ६० हजार ३३७ खर्च गर्न नसकी फिर्ता गरेका छन् ।

संघीय अनुदान सबैभन्दा बढी फिर्ता गर्नेमा सात स्थानीय तहमध्ये मेलुङ गाउँपालिका तथा कम फिर्ता गर्नेमा बैतेश्वर गाउँपालिका छन् । यसैगरी प्रदेश अनुदान खर्च गर्न नसकी सबैभन्दा बढी फिर्ता गर्नेमा गौरीशंकर गाउँपालिका तथा सबै भन्दा कम फिर्ता गर्नेमा भीमेश्वर नगरपालिका छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)