ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुरमा पशु आहार र नमूना गाई फार्म सञ्चालन

प्रदेश र स्थानीय सरकारको रू. १ करोड ३० लाख लगानी

२०७७ सावन, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका–६ स्थित केशरबाघमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले शनिवारदेखि ‘पशु आहार विस्तार परियोजना’ र ‘नमूना गाई फार्म’ एकसाथ सञ्चालनमा ल्याएको छ । उक्त परियोजना र नमूना गाई फार्मका लागि प्रदेश सरकार र स्थानीय सरकारले रू. २ करोड ४६ लाख लगानी गरेका छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दुबै परियोजनाको एकैसाथ उद्घाटन गरिन् । उक्त संरचनामा बागमती प्रदेश सरकारको रू. १ करोड, सहकारीको रू. १ करोडको साझेदारी छ । नमूना गाई फार्मका लागि भरतपुर महानगरपालिकाबाट रू. ३० लाख लागत साझेदारी रहेको सहकारीले बताएको छ ।

‘प्रदेश र स्थानीय सरकारले दिएकोबाहेक अन्य रकम सहकारीले नै व्यवस्थापन गरेको छ’, संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले भने । सहकारीले कम लागतमा धेरै दूध उत्पादन गर्ने उद्देश्यले नमूना गाई फार्मको अवधारणा ल्याएको चापागाईंको भनाइ छ । करीब १२ कठ्ठा क्षेत्रफलमा २ ओटा परियोजना सञ्चालनमा ल्याउन लागिएको हो । गाई फार्म निर्माणको अन्तिम चरणमा पुगेको भए पनि पशु आहार विस्तारमा भने अभैm केही समय लाग्ने उनले बताए ।

निर्माणाधीन फार्ममा ५० ओटा दुहुनो गाई राख्ने र गाईलाई दाम्लोरहित बनाउने योजना रहेको संस्थाका निवर्तमान अध्यक्ष भगिरथ तिमिल्सिनाले जानकारी दिए । नेपालमै पहिलोपटक २०६८ सालमा उन्नत गाईको स्रोत केन्द्र स्थापना गरी प्रजनन गराइएका गाईका बाछी विभिन्न जिल्लामा पठाउँदै आएको सहकारीले अन्तरराष्ट्रियस्तरको नमूना गाई फार्म शुरू गरेको तिमिल्सिनाले बताए ।

गाईलाई स्वतन्त्र छाड्दा उत्पादन क्षमता बढ्नुका साथै रोग पनि कम लाग्ने उनको भनाइ छ । पशु आहारतर्फ भने गाईका लागि स्वस्थ दानाको उत्पादन हुने छ । जहाँ साइलेज (घाँसलाई गुन्द्रुक बनाउने तरीका), टीएमआर (घाँस, अन्न, भिटामिनलगायत गाईलाई चाहिने संयुक्त आहार) र दाना उत्पादन गरिने बताइएको छ । उत्पादित आहारलाई बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना रहेको तिमिल्सिनाले बताए ।

भरतपुर महानगरपालिकाले पनि कृषि क्षेत्रको लागि योजनबद्ध रूपले लगानी बढाउँदै जाने बताएको छ । २०४१ सालमा ५० जना किसानबाट १३० लिटर दूध संकलन गर्दै स्थापना भएको सहकारीमा अहिले दैनिक साढे ८ हजार लिटर दूध संकलन हुँदै आएको छ । अहिले ६०० भन्दा बढी सदस्यहरू यो सहकारीमा आबद्ध छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)