ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवस्था सेवा कार्यालयको राजस्व संकलनमा झिनो वृद्धि

२०७७ सावन, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । यातायात व्यवस्था सेवा कार्यालय, चितवनको राजस्व संकलनमा झिनो वृद्धि भएको छ । कार्यालयले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा रू. ५६ लाख १९ हजार ४८५ बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार गत वर्ष रू. ४५ करोड ५९ लाख ५६ हजार ५७९ राजस्व संकलन गरेको थियो भने अघिल्लो वर्ष कार्यालयले रू. ४५ करोड ३ लाख ३७ हजार राजस्व संकलन गरेको थियो ।

कार्यालयले ४ ओटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । जसअनुसार गत वर्ष यातायात क्षेत्रको आम्दानीबाट रू. ४ करोड ८४ लाख ५३ हजार ९५२, सवारी दस्तुरबाट रू. १ करोड ४६ लाख ११ हजार ८४८ संकलन गरेको छ । यस्तै प्रशासनिक दण्डबाट रू. ६ लाख ४५ हजार ३१ र सवारीसाधन करबाट रू. ३९ करोड २२ लाख ४५ लाख ७४८ राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्ष कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट रू. ५ करोड ७६ लाख ८८ हजार ४१५, सवारी दस्तुरबाट रू. १ करोड ५३ लाख ८६ हजार ६१५ संकलन गरेको थियो । यस्तै सो अवधिमा कार्यालयले सवारीसाधन करबाट रू. ३७ करोड ७२ लाख ६२ हजार ३६ राजस्व संकलन गरेको थियो भने प्रशासनिक दण्ड शीर्षकबाट कुनै पनि राजस्व संकलन भएको छैन ।

लकडाउनका कारण अधिकांश सरकारी निकाय तथा सरकारी कार्यालयहरूको राजस्व संकलन अघिल्लो वर्षको तुलनामा घटे पनि यातायात सेवा व्यवस्था कार्यालयको राजस्वमा संकलनमा भने वृद्धि भएको छ । वर्षेनि सवारीसाधन दर्ता गर्ने क्रम बढ्दै गए पनि गत वर्ष राजस्व संकलनमा झिनो वृद्धि भएको कार्यालयले बताएको छ ।

कार्यालयका प्रमुख सुवास उप्रेतीले गत वर्षको राजस्व संकलन सन्तोषजनक भए पनि अपेक्षाकृत नभएको बताए । ‘सवारीसाधन दर्ताको तुलनामा राजस्व संकलन निकै कम हो’, उनले भने, ‘हामीले गत वर्ष करीब रू. ५ करोड बढ्ने अनुमान गरेका थियौं । लकडाउनले संकलन घट्यो ।’

कार्यालयले असार महीनामा मात्र करीब
रू. १० करोड भन्दा बढी राजस्व संकलन गरेको बताएको छ । अन्य कार्यालयका सेवाग्राही भन्दा यस कार्यालयका सेवाग्राही सचेत र समयमै अनिवार्य ब्लूबुक नवीकरण गर्नु पर्ने भएकाले पनि सेवाग्राहीले समयमा राजस्व तिर्न आउने गरेको उप्रेतीको भनाइ छ ।

यो कार्यालयमा प्रदेश नम्बर ३ मा दर्ता भएका सवारीसाधन तथा अन्य जिल्लामा दर्ता भएका सवारी साधन भए पनि चितवनमै स्थायी बसोबास भएका सेवाग्राहीबाट राजस्व संकलन गरिँदै आएको छ । जिल्लामा करीब वार्षिक १० हजार भन्दा बढी सवारीसाधन दर्ता हुने कार्यालयको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)