ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा ३ ओटा पक्की पुलको उद्घाटन

२०७७ सावन, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

साउन ८, दोलखा । वाग्मती प्रदेश सरकार अन्तर्गत दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण भएका ३ ओटा पक्की पुलको वाग्मती प्रदेश सरकारबाट उद्घाटन भएको छ । 

बुधवार भौतिक पूर्वाधार तथा विकास मन्त्रालय हेटौंडाको सभाकक्षबाट वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले दोलखामा निर्मित तीन ओटा पक्की पुलको उद्घाटन गरेका हुन् ।

मुख्य मन्त्री पौडेलले एक वर्षअघि निर्माण सम्पन्न भएका दोलखाको ३ ओटा पुल सहित वाग्मती प्रदेशमा निर्माण सम्पन्न भएका ३२ ओटा पुलको एकमुष्ट रुपमा उद्घाटन गरेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इञ्जिनियर रविन खातीले बताए ।

दोलखामा निर्माण सम्पन्न भई उद्घाटन भएका पुलहरुमा विगु गाउँपालिकाको सोरुङखोला, मेलुङ र शैलुङ गाउँपालिका जोड्ने अँधेरीखोला र भीमेश्वर नगरपालिकाको सेरास्थित चर्नावतीखोलामा बनेको आरसीसी पुल रहेका छन् ।

विगु गाउँपालिकामा रहेको ३५ मिटर लामो सोरुङ खोलाको पुल रू. २ करोड ६२ लाख ८३ हजार २३०को लागतमा २०७३ असार ३० गते सम्झौता भई २०७६ असार २९ गते निर्माण सम्पन्न भएको थियो ।

यसैगरी, १४ मिटर लम्बाईको मेलुङ र शैलुङ गाउँपालिका जोड्ने अँधेरीखोलाको पुल रू. ७५ लाख ७५ हजार ५२६ लागतमा २०७१ असार ३० गते सम्झौता भई २०७६ असार ११ गते निर्माण सम्पन्न भएको थियो । यस्तै २५ मिटर लम्बाईको भीमेश्वर नगरपालिकाको सेराबेंसीस्थित चर्नावती पुल रू. एक करोड ३७ लाख ५१ हजार ३२८ लागतमा २०७१ असार २० गते सम्झौता भई २०७६ साउन २५ गते निर्माण सम्पन्न  भएको थियो । 

तीनओटा पुल उद्घाटन हुँदा पनि दोलखाका जनप्रतिनिधि, सम्बन्धित कार्यालयका कर्मचारी तथा स्थानीय कसैलाई थाहा नदिई हेटौँडाबाट उद्घाटन गरिएकोमा जिल्लाका जनप्रतिनिधिहरुले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)