ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका उद्योगहरुमा कुल पूँजी लगानी  २२ अर्बभन्दा बढी 

२०७७ सावन, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar सूर्यप्रसाद अधिकारी

साउन १२, चितवन । घरेलु तथा साना उद्योग कार्यालयमा स्थापनाकालदेखि  दर्ता भएका  चितवनका सबै प्रकारका उद्योगहरु सञ्चालनमा हालसम्म रू.२२ अर्बभन्दा बढी लगानी भएको छ । 

कार्यालयका अनुसार उद्योग स्थापनादेखि हाल ती उद्योगहरुको कुल पूँजी लगानी रू.२२ अर्ब २८ करोड ३३ लाख ६ हजार रहेको छ । यीमध्ये सबैभन्दा बढी लगानी उत्पादन मुलक उद्योगमा छ भने सबैभन्दा कम लगानी निर्माणमुलक उद्योगमा रहेको छ । 

जसअनसार उत्पादनमुलक उद्योगमा रू.८ अर्ब ४७ करोड ३ लाख ११ हजार र निर्माणमुलक उद्योगमा रू.२ करोड ८० लाख कुल पूँजी लगानी रहेको छ ।

यस्तै कृषि तथा वनजन्य उद्योगको कुल पूँजी लगानी  रू.८ अर्ब ८१ करोड ९२ लाख ३९ हजार रहेको छ भने सेवामुलक उद्योगमा रू.३ अर्ब ९२ करोड ४ लाख ११ हजार, पर्यटनमुलक उद्योगमा रू. २ अर्ब ५३ लाख ५४ हजार  र विज्ञान तथा सूचना प्रविधि उद्योगमा रू.३ करोड ९९ लाख ९० हजार कुल पूँजी रहेको छ । तर खनिजजन्य र तथा उर्जामुलक उद्योग चितवनमा हालसम्म दर्ता नभएका कारण कुनै लगानी भएको छैन । 

ती उद्योगहरुको स्थिर पूँजी रू.१२ अर्ब ८६ करोड ८० लाख ४८ हजार रहेको छ भने चालू पूँजी रू. ९ अर्ब ४१ करोड ५२ लाख ५९ हजार रहेको छ । जिल्लामा हालसम्म १२ हजार ५४६ ओटा उद्योगहरु दर्ता भएको तथ्यांक छ ।

गत आवबाट कार्यालयले रू.५ लाखदेखि ५ करोड स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ भने रू.५ लाखभन्दा कम स्थिर पूँजी भएका उद्योग स्थानीय पालिकामा दर्ता हुने गरेको छ । 
 

रू.५५ अर्ब बराबरको वार्षिक क्षमता उत्पादन 

जिल्लामा हालसम्म सञ्चालित १२ हजार ५४६ ओटा  उद्योगहरुको वार्षिक क्षमता उत्पादन रू.५५ अर्बभन्दा माथि रहेको छ । कार्यालयको तथ्यांक अनुसार ती सबै उद्योगहरुको वार्षिक उत्पादन क्षमता रू.५५अर्ब ४८ करोड ९४ लाख २९ हजार बराबर रहेको छ । 

साँढे ५३ हजार जनालाई रोजगारी 

जिल्लामा हालसम्म सञ्चालनमा आएका सबै उद्योगमा महिला र पुरुष गरी ५३ हजार ५२३ जनाले रोजगारी पाएका छन । कार्यालयका अनुसार जिल्लामा ती उद्योगहरुमा १२ हजार ३१३ जना पुरुष उद्यमी रहेका छन् भने ३ हजार ३६१  जना महिला कार्यरत छन् ।

कार्यालयका प्रमुख नारायण लम्सालका अनुसार अघिल्लो वर्ष संघीय ऐन अनुसार महिला उद्यमीको लागि उद्योग दर्ता गर्न न्यूनतम रू.२०० लिदैं आएपनि हाल प्रादेशिक ऐन अनुसार हाल महिलालाई उद्योग दर्तामा छूट दिइएको छैन ।

कार्यालयमा हाल रू.५ लाखदेखि २० लाखसम्म स्थिर पूँजी भएको उद्योग दर्ता गर्दा रू.१२ हजार १००, रू.२० लाखदेखि १ करोड सम्मका उद्योगका लागि रू.२० हजार १०० र रू.१ करोडदेखि ५ करोडसम्म स्थिर पूँजी भएका उद्योगको हकमा रू.३० हजार १०० दस्तुर लिने गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)