ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लिफ्टसहितको अत्याधुनिक आकाशे पुल सञ्चालनको तयारी

२०७७ सावन, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिकाको टाँडी चोकमा अत्याधुनिक आकाशेपुल सञ्चालन गर्ने तयारी गरिएको छ । लकडाउनको समयमा केही समय अवरुद्ध भए पनि हाल यसको निर्माण अन्तिम चरणमा पुगेको छ । अपांगतामैत्री  र लिफ्टसहितको उक्त आकाशे पुलको काम काम ८० प्रतिशत काम सकिएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रदेश सरकारको १ करोड र रत्ननगर नगरपालिकाको १ करोड ४२ लाख गरी २ करोड ४२ लाख रुपैयाँको लगानीमा आकासे पुल निर्माण भइरहेको नगरपालिका प्रमुख नारायण वनले जानकारी दिए । ‘लकडाउनले गर्दा अन्तिम चरणको काम पूरा हुन सकेको थिएन,’ वनले भने, ‘अब डेढ महीनाभित्र सञ्चालनमा ल्याउँछौं ।’

रत्ननगर नगरपालिकाले गौरवको आयोजना अन्तर्गत चितवनमै पहिलोपटक आकाशे पुलको निर्माण थालेको हो ।  नगरले नयाँ प्रविधि जडान गरेर आकाशे पुल निर्माण गरिरहेको छ । रत्ननगरले लिफ्टसहितको यसलाई नेपालकै पहिलो नमूना आकाशे पुल भएको दाबी गरेको छ । स्टील स्ट्रक्चरको आकाशे पुललाई छिट्टै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको नगरपालिकाका इन्जिनीयर पंकज गिरीले बताए । ‘दशैं अगाडि नै सञ्चालनमा आउने अपेक्षा गरिएको छ,’ उनले भने ।

राजमार्गको उत्तरतर्फ नेपाल विद्यालय रोड र दक्षिणतर्फ सिनेमा हल रोड तर्फबाट आवतजावत गर्न मिल्नेगरी आकाशे पुल निर्माण गरिएको छ । आकाशे पुल ४०  मिटर लम्बाइ र साढे ५ मिटर उचाइमा बनेको छ । हिम सगरमाथा कस्न्ट्रक्शन प्रालिले पुल निर्माणको जिम्मा पाएको हो । बढी सवारीसाधनको चाप हुने स्थान भएकोले नगरपालिकाले दुर्घटना न्यूनीकरण र टाँडी बजारलाई सुन्दरता प्रदान गर्न अत्याधुनिक आकाशे पुलको निर्माण गर्न लागिएको बताइएको छ ।

लिफ्टसहितको आकाशे पुल बनाउन उक्त रकम अपुग हुने भएकाले थप रकम नगरपालिकाको तर्फबाट खर्च गरिने वनले बताए । यसका लागि पुल निर्माणस्थल पूर्व पश्चिमतर्फ १०० मिटर बिजुलीका तार भूमिगत गर्नुपर्ने हुन्छ । यसैगरी रत्ननगरको अस्पतालको स्तरोन्नति, सौराहाका सिटीहल र टाँडी बजारमा आकाशे पुल निर्माण अगाडि बढाइइने उनको भनाइ छ । यसअघि नगरपालिकाले गरीबलाई घर, ज्येष्ठ नागरिकलाई घरघरमै उपचार, सुत्केरी पशुलाई भत्ता, खरको छानो मुक्त नगर, उपचारमा सहज पहँुच, पर्यटनमा पूर्वाधार, कृषिमा अनुदान लगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)