ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको घरेलु तथा साना उद्योगमा २२ अर्ब लगानी

२०७७ सावन, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भएका सबै प्रकारका उद्योगमा हालसम्म रू. २२ अर्बभन्दा बढी लगानी भएको छ । कार्यालयका अनुसार उद्योग स्थापनादेखि हालसम्म जिल्लाका घरेलु तथा साना उद्योगको कुल पूँजी लगानी २२ अर्ब २८ करोड ३३ लाख ६ हजार रुपैयाँ रहेको हो । यीमध्ये उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी र निर्माण उद्योगमा सबैभन्दा कम लगानी छ ।

जिल्लाका उत्पादनमूलक उद्योगमा ८ अर्ब ४७ करोड ३ लाख ११ हजार र निर्माण उद्योगमा २ करोड ८० लाख रुपैयाँ कुल पूँजी लगानी भएको हो । यस्तै कृषि तथा वनउपजमा आधारित उद्योगको कुल पूँजी लगानी ८ अर्ब ८१ करोड ९२ लाख ३९ हजार, सेवामूलक उद्योगमा ३ अर्ब ९२ करोड ४ लाख ११ हजार, पर्यटन उद्योगमा २ अर्ब ५३ लाख ५४ हजार र विज्ञान तथा सूचना प्रविधि उद्योगमा ३ करोड ९९ लाख ९० हजार कुल पूँजी रहेको छ । तर खनिज तथा ऊर्जासम्बन्धी उद्योग चितवनमा हालसम्म दर्ता नभएकाले कुनै लगानी भएको छैन ।

दर्ता भएका उद्योगहरूको स्थिर पूँजी १२ अर्ब ८६ करोड ८० लाख ४८ हजार छ भने चालू पूँजी ९ अर्ब ४१ करोड ५२ लाख ५९ हजार छ । जिल्लामा हालसम्म १२ हजार ५४६ उद्योग दर्ता भएको तथ्यांक छ । गत आवदेखि कार्यालयले ५ लाखदेखि ५ करोड रुपैयाँ स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ भने ५ लाख रुपैयाँभन्दा कम स्थिर पूँजी भएका उद्योग स्थानीय पालिकामा दर्ता हुने गरेको छ ।

जिल्लामा हालसम्म सञ्चालित १२ हजार ५४६ ओटा उद्योगले वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढीको उत्पादन गर्दै आएका छन् । कार्यालयका अनुसार सबै उद्योगको वार्षिक उत्पादन क्षमता ५५ अर्ब ४८ करोड ९४ लाख २९ हजार रुपैयाँ बराबर छ । यस्तै जिल्लामा हालसम्म सञ्चालनमा आएका उद्योगमा महिला र पुरुष गरी ५३ हजार ५२३ जनाले रोजगारी पाएका छन् । कार्यालयका अनुसार ती उद्योगमा १२ हजार ३१३ पुरुष र ३ हजार ३६१ महिला उद्यमी छन् ।

कार्यालयका प्रमुख नारायण लम्सालका अनुसार अघिल्लो वर्ष संघीय ऐन अनुसार महिला उद्यमीका लागि उद्योग दर्ता गर्न न्यूनतम रुपैयाँ २०० रुपैयाँ लिँदै आए पनि हाल प्रादेशिक ऐन अनुसार महिलालाई उद्योग दर्तामा छूट दिइएको छैन । कार्यालयमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग दर्ता गर्दा १२ हजार १००, २० लाखदेखि १ करोड रुपैयाँसम्मका उद्योगका लागि २० हजार १०० र १ करोडदेखि ५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगको हकमा ३० हजार १०० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)