ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टफोनले उत्पादकत्व घटाउने !

Jan 23, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समय मोबाइल फोन तथा स्मार्टफोन मानव जीवनका अभिन्न अङ्ग बनिसकेका छन् । एकअर्कासँग कुराकानी गर्नुका साथै अन्य विविध काममा समेत यो उपयोगी साबित भएको छ । तर, अमेरिकास्थित ‘युनिभर्सिटी अफ वाशिङटन फोष्टर स्कूल अफ बिजनेश’का अनुसन्धाताले गरेको अध्ययनले स्मार्टफोनले उत्पादकत्व घटाउने तथ्य फेला पारेको छ । क्रिष्टोफर बार्नस र उनका सहकर्मीले गरेको अध्ययनले रातको समयमा स्मार्टफोन प्रयोग गर्दा उत्पादकत्वमा कमी आउने नयाँ तथ्य फेला पारेको हो । राति ९ बजेभन्दा पछि स्मार्टफोन प्रयोग गर्ने कर्मचारीले भोलिपल्ट काममा त्यति ध्यान दिन नसकेको अध्ययनमा पाइएको छ ।

‘कार्यालयबाहिर र भित्रसमेत कामलाई व्यवस्थित गर्न स्मार्टफोन उपयोगी छ, तर हाम्रो नयाँ अनुसन्धानले भने अघिल्लो रातमा भएको यसको अत्यधिक प्रयोगले भोलिपल्ट कार्यक्षमता घटाउने देखाएको छ,’ हार्वड बिजनेश रिभ्यूको ब्लगमा पोष्ट गरिएको अध्ययनको समीक्षामा बताइएको छ । त्यसैगरी, कर्मचारीको गतिविधि कायम राख्न निद्रा महत्वपूर्ण भएको र निद्राका लागि समेत स्मार्टफोन हानिकारक भएको बार्नस र उनका सहकर्मीले प्रतिवेदनमा उल्लेख गरेका छन् । स्मार्टफोनले हामीलाई मानसिक रुपमा नै व्यस्त राख्ने र यसका कारण बिहान काममा जान ढिला हुने बार्नसको भनाइ छ ।

स्मार्टफोनले राम्रोसँग निदाउन, आराम गर्न र स्फूर्त हुनबाट समेत वञ्चित गर्नेछ । कर्मचारीले स्मार्टफोन प्रयोगबाट गुमेको सन्तुलन पुनः प्राप्त गर्न व्यवस्थापकहरुले रचनात्मक उपाय खोज्नुपर्ने बार्नसको जिकीर छ । हरेक दिन कामबाट निश्चित समयका लागि फुर्सद निकाल्ने र दिमागलाई आराम दिने यसको सम्भावित समाधानमध्ये एउटा उपाय हुन सक्ने बताइएको छ । ‘अहिलेको समयमा स्मार्टफोन हाम्रो जीवनको पर्यायजस्तै भइसकेकाले यसको प्रयोग गर्दै भोलिपल्टको कामका लागि समेत प्रभावशाली रुपमा प्रस्तुत हुन आवश्यक निद्रा प्राप्त गर्नुपर्नेछ,’ अनुसन्धानकर्ताको भनाइ छ । रासस/पीटीआई

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)