ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुनर्बहालीको माग गर्दै बोटलर्स नेपाल (तराई)का मजदूर पुनः आन्दोलनमा 

२०७७ सावन, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन १४, चितवन । भरतपुरको  गोन्द्राङ स्थित बोटलर्स नेपाल (तराई) लिमिटेडमा कार्यरत ४८ मजदूरहरु पुनर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिएका  छन् ।  

उनीहरुले बुधवार पत्रकार सम्मेलन गरी कम्पनीले आफूहरुलाई जबरजस्ती हटाएर रोजीरोटी खोसेको भन्दै पुनर्बहालीको माग गरेका हुन् ।  

‘बोटलर्स नेपाल (तराई)ले हामी अखिल नेपाल ट्रेड युनियन महासंघमा आबद्ध मजदूरहरुलाई रोजगारीबाट हटाएको हुनाले हामी ४८ जना मजदूरहरु आन्दोलित भएका छौँ’ आन्दोलनमा लागेका बुद्धिमान सेन्चुरीले भने, ‘आन्दोलनको कार्यक्रमअन्तर्गत यतिबेला शान्तिपूर्ण धर्नाको कार्यक्रम चलिरहेको छ ।’ 

कम्पनी अन्तर्गतको वेयर हाउस विभागमा रहेर उनीहरु लोड अनलोडमा काम गर्दै आइरहेका थिए । कम्पनीमा ती मजदूरहरु पाँच वर्षदेखि १० वर्षसम्म  काम गर्दै आएका पुराना हुन् । सबै मजदूरहरु स्थानीय भएकोले आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना हटाएर नयाँलाई प्राथमिकता दिनु अन्याय भएको बताए  । आन्दोलित मजदूरहरुले पुनर्बहाली नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

उनीहरुले वेयर हाउस विभागमा अस्थायी रुपमा कार्यरत श्रमिकहरुलाई श्रम ऐन २०७४ ले तोके बमोजिम सामाजिक सुरक्षालगायतको सम्पूर्ण सेवा तथा सुविधा दिनुपर्ने माग समेत गरेका छन् । 

बोटलर्स नेपाल (तराई) लिमिटेडले भने ठेकदार कम्पनीबाट राखिएको मजदूर भएको हुनाले कम्पनीसँग सरोकार नरहेको जानकारी दिएको छ । ती मजदूरहरुले उपदान रकम समेत लिएको कम्पनीको दाबी छ । हाल आन्दोलित भएका मजदूरहरु पवन ढुवानीबाट काममा राखिएका हुन् । 

नयाँ मजदूरहरु राखेर पुराना कर्मचारीहरुलाई हटाउने काम भएको छ, सम्पूर्ण मजदूरहरुको पुनर्बहाली नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।’

मजदूरहरले स्थायी रुपमा आफूलाई व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुको माग पूरा नभए मालसामान तथा कच्चा पदार्थ ढुवानी सम्बन्धी सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइनुको साथै तालबन्दीसमेत गरिने चेतावनी दिएका छन् । यसअघि पनि उनीहरुले कम्पनी अगाडि धर्ना दिंदै आएता पनि माग सुनुवाई भने भएको थिएन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)