ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखाका स्थानीय तहको बेरुजु रू. ३४ करोड ३२ लाख

२०७७ सावन, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाका स्थानीय तहहरूको रू. ३४ करोड ३२ लाख ९४ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार स्थानीय तहहरूमा उक्त बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार दोलखाका ९ ओटा स्थानीय तहमध्ये शैलुङ गाउँपालिकाको बेरुजु रकम सबैभन्दा कम रहेको पाइएको छ । शैलुङ गाउँपालिकाको बेरुजु रू. १ करोड १९ लाख ५ हजार छ । यो कुल अडिट रकमको १ दशमलव ४९ प्रतिशत हो ।

मितव्ययी, पारदर्शिता, औचित्य तथा आर्थिक प्रशासनसम्बन्धी कानूनको पालना सशक्त रूपमा गर्ने प्रयास गरिएकाले शैलुङ गाउँपालिकाको बेरुजु तुलनात्म रूपमा कम आएको गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले बताए ।

कुल बेरुजु रकमका हिसाबले भीमेश्वर नगरपालिकाको बेरुजु सबै भन्दा बढी रू. ६ करोड ९१ लाख ३५ हजार छ । लेखापरीक्षण गरिएको रकमकोे ५ प्रतिशत भीमेश्वर नगरपालिकाको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी लेखापरीक्षण रकमको प्रतिशतका हिसाबले जिरी नगरपालिकाको बेरुजु रकम ७ दशमलव ०७ प्रतिशत छ । जिरी नगरपालिकाको बेरुजु रकम रू. ५ करोड ७ लाख ७० हजार रहेको महालेखा परीक्षकले गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै जिल्लाका अन्य स्थानीय तहको महालेखा परीक्षकले लेखापरीक्षण गरेको कुल रकममध्ये बेरुजु २ प्रतिशत देखि ५ दशमलव ९६ प्रशितसम्म रहेको पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)