ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्दै भीमेश्वर

२०७७ सावन, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाले विमानस्थल निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने भएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाले नगरक्षेत्रको देउराली आसपासको क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

भीमेश्वर नगरपालिका–१ र वडा नं ६ को सिमाना देउराली आसपासमा विमानस्थल निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिने नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईंले बताए । समुद्री सतहबाट २ हजार मिटरभन्दा बढी उचाइमा रहेको देउराली आसपासको क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको उनले जानकारी दिए ।

‘ठूलाभन्दा पनि ट्वीनअटर विमान उडान अवतरण गर्न सक्ने विमानस्थलका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो,’ प्रवक्ता चौंलागाईंले भने । विशेषगरी ‘माउन्टेन फ्लाइट’का लागि उपयुक्त हुने विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिने उनले बताए । जिल्लाको जिरी नगरपालिकामा करीब २० वर्ष अघिसम्म सञ्चालनमा रहेको विमानस्थल अहिले बन्द रहे पनि सदरमुकाम समेत रहेको भीमेश्वर नगरपालिकाले विमानस्थलको सम्भाव्यता अध्ययन गन लागेको हो । संघीय सरकारको वित्तीय समानीकरण अन्तर्गतको ४ लाख अनुदानले विमानस्थलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिने प्रवक्ता चौलागाईंले जानकारी दिए । विमानस्थल निर्माण भए दोलखाको पर्यटन व्यवसाय प्रवद्र्धन तथा विपत्को बेला आपत्कालीन उद्धारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)