ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वरको आन्तरिक आय रू. २ करोड

२०७७ सावन, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाले आन्तरिक स्रोतबाट करीब २ करोड रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाको आन्तरिक स्रोतबाट उक्त परिमाणमा राजस्व उठाइएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा विभिन्न शीर्षकबाट नगरपालिकालाई १ करोड ९९ लाख ८८ हजार राजस्व प्राप्त भएको नगरपालिकाका सूचना अधिकारी जगदीश अर्यालले बताए । सो आर्थिक वर्षमा नगरपालिकाले २ करोड ९७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ६७ दशमलव ३० प्रतिशत मात्र उठेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकालाई सबैभन्दा बढी नक्सापासबाट ६८ लाख ६४ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । यस्तै एकीकृत सम्पत्ति करबाट ४० लाख ८४ हजार, सिफारिश दस्तुरबाट २१ लाख १ हजार र व्यवसाय करबाट १५ लाख ७९ हजार, सरकारी सम्पत्तिको बहालबाट १० लाख ९९ हजार र सवारी साधन कर, आखेटोपहार, सेवाशुल्क तथा विक्री, प्रशासनिक सेवा शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित, धरौटी स्याहा तथा अन्य करबाट ४२ लाख ५९ हजार रुपैयाँ राजस्व प्राप्त भएको नगरपालिकाको तथ्यांक छ ।

नगरपालिकाले गत आवको बजेटमा वस्तुगत ढंगले राजस्वको अनुमान तयार गरेको भए तापनि लकडाउनले गर्दा राजस्व असुलीमा असर परेकाले लक्ष्य अनुरूप राजस्व उठ्न नसकेको सूचना अधिकारी अर्यालले बताए । गत आवको चैतसम्म लक्ष्य अनुसार नै राजस्व उठेकोमा त्यसपछि लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएकाले तथा घरबहाल कर, रजिष्टे«शन, नक्सापास लगायत काम रोकिएकाले लक्ष्य भेट्न नसकिएको सूचना अधिकारी अर्र्यालको भनाइ छ । चालू आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ३ करोड राजस्व संकलन गर्ने नगरपालिकाले लक्ष्य छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)