ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अघोषित लोडसेडिङका कारण उपभोक्ता मर्कामा

२०७७ सावन, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । नेपाल लोडसेडिङमुक्त भएको २ वर्ष बितिसकेको छ । यसअघि दैनिक १८ घण्टा अँध्यारोमा बस्न बाध्य नेपाली लोडसेडिङमुक्त भएसँगै सहजताको महसुस गरेका थिए । तर, चितवनमा विशेषगरी गर्मीको समयमा पटक–पटक विद्युत् आपूर्ति काटिँदा उनीहरू हैरानी बेहोर्न बाध्य छन् ।

गृहणीदेखि साना–ठूला उद्योग व्यवसायमा यसले प्रत्यक्ष असर पारेको छ । पछिल्लो समय भरतपुर विद्युत् वितरण केन्द्रबाट वितरण भएका क्षेत्रहरूमा पनि पटक–पटक विद्युत् आपूर्ति काटिने समस्या बढ्दै गएको छ । विशेष परिस्थितिबाहेक अन्य समयमा नियमित विद्युत् आपूर्ति भए पनि गर्मी याममा पटक–पटक आपूर्ति रोकिँदा सेवाग्राही मारमा परेका हुन् ।

विगतका वर्षहरूमा हिउँदमा जलविद्युत् उत्पादन केन्द्रमा पानीको तह घटेर उत्पादन घट्ने गरे पनि वर्षायाममा विद्युत् उत्पादनमा समेत कमी नआएको भरतपुर विद्युत् वितरण केन्द्रका कर्मचारी बताउँछन् ।

भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकका सफल कम्युनिकेशन एन्ड मल्टी सर्भिस सेन्टर सञ्चालन गर्दै चन्द्र प्रकाश चापागाईं विनासूचना पटक–पटक बिजुली आउने र जाने हुँदा हैरान बनाएको बताउँछन । ‘काम गर्न लाग्यो बत्ती भ्mयाप्प जान्छ, सूचना दिएर गए त हामी सोहीअनुसार व्यवस्थापन गर्ने थियौं’, उनले भने । पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा आफ्ना विद्युतीय उपकरण समेत बिग्रिने गरेको उनले बताए ।

भरतपुरवासीका लागि यो समस्या अहिले साझा बन्न थालेको छ । गृहिणी, विद्यार्थी, व्यावसायिक प्रतिष्ठान, कतिपय सरकारी कार्यालयहरूमा समेत यसले कार्यक्षमतामा ह्रास ल्याएको छ । यस्तै पेयपदार्थ, दुग्ध उद्योग तथा यस्ता पसलहरूमा समेत विद्युत् आपूर्ति नियमित नहुँदा अनेकन समस्या आइपरेको व्यवसायीहरू बताउँछन् ।

भरतपुर महानगरपालिका–११ भोजाडमा आइसक्रिम तथा तरकारी पसल सञ्चालन गर्दै आएका पुरुषोत्तम न्यौपानेको गुनासो पनि उस्तै छ । ‘दूध, दही, आइसक्रिम, जुसहरू फ्रिजमा राख्यो, कतिखेर बिजुली जान्छ थाहा हुन्न’, उनले भने, ‘यसले गर्दा फाइदा भन्दा बढी नोक्सान भइरहेको छ ।’

लोडसेडिङको समयमा अधिकांश घर, पसल, उद्योग व्यवसायमा वैकल्पिक उर्जा तथा इन्भटर राख्ने गरिन्थ्यो । तर, लोडसेडिङमुक्त भएसँगै व्याकअपका लागि ती सामानहरू प्रयोग गर्न छाडिएका छन् ।

पछिल्लो केही महीनायता भरतपुरमा दिनमै २५औं पटकभन्दा बढी विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । यसबाट घरमा बस्ने गृहणी, अनलाइन पढ्ने विद्यार्थी समेत प्रभावित
बनेका छन् ।

भरतपुर महानगरपालिका–११ विशालचोककी निता पौडेलले हाल कोरोना भाइरसको महामारीको समयमा सबै सदस्य घर मै रहने हुँदा त्यसमा पनि गर्मीको समयमा पटक–पटक बत्ती जाँदा निकै सास्ती भोग्नु परेको बताइन् । ‘अहिले स्कुल शुरू भएको छैन, बच्चाहरू अनलाइनमार्फत पढ्छन् । तर, बत्ती गएर समस्या भइरहेको छ ।’

तर, यो समस्या वर्षौंदेखिको समस्या भए पनि वितरण केन्द्रका कर्मचारीले भने दीर्घकालीन रूपमा समस्या समाधान गर्न सकेका छैनन् । क्षमताभन्दा बढी विद्युत् खपत हुँदा यस्तो समस्या निम्तिने गरेको उनीहरूको जवाफ छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले गर्मी बढेसँगै विद्युत् खपत बढ्दा यस्तो समस्या आउने गरेको बताउँछन् । ‘वर्षेनी ग्राहक र खपत बढ्दै गएको छ’, उनले भने, ‘त्यसको तुलनामा क्षमता र प्रणालीमा सुधार हुन सकेको छैन ।’ उनका अनुसार विद्युत् प्रसारणलाइन मर्मत गर्दा आपूर्ति काटिने गरेको भए पनि पटक–पटक आपूर्ति रोकिनु  प्रणालीमा आएको गडबढी हो ।

उपभोक्ताले पिकआवरमा विभिन्न विद्युतीय सामग्री प्रयोग गर्दा पनि समस्या आउने गरेको प्रमुख महतोको भनाइ छ । विद्युत्का तार र पोलहरू सार्ने र मर्मत कार्य हुने स्थानहरूमा पहिले नै वितरण केन्द्रले सूचना जारी गर्दै आएको भए पनि अघोषित लोडसेडिङको अर्को कारण प्mयूज जाने समस्या र कमजोर तथा पुराना ट्रान्समिटरका कारण पनि हुने गरेको महतोको तर्क छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)