ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३० करोडको लगानीमा तीनतारे होटल सञ्चालनमा ल्याउने तयारी

२०७७ सावन, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन २७, चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको चितवनमा पछिल्लो समय ठूला होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । 

देशकै केन्द्रभागमा रहेको र कृषि,पर्यटन, शिक्षा, मेडिकल लगायतका क्षेत्रहरुको हब भएकोले पनि यहाँ होटलहरु खुल्ने क्रम बढेको हो । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनमा दर्जनौं होटल रिसोर्टहरु खुल्ने तथा सञ्चालनमा ल्याउने तयारी भएको थियो तर कोरोना महामारीका कारण अधिकांश होटल तथा रिसोर्टहरु सञ्चालनमा आउन सकेका छैनन् भने कतिपय होटलहरु निर्माणको अन्तिम चरणमा रहेका छन् ।

चितवनको मुटु भरतपुरस्थित एयरपोर्टको छेउमै करीब रू.३० करोडको लगानीमा तीनतारे होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।  भरतपुर महानगरपालिका–१०, भरतपुरस्थित कृष्णपुरमा करीब १७ कठ्ठा क्षेत्रफलमा चितवन गार्डेन रिसोर्टको काम अन्तिम चरणमा पुगेको छ ।

हाल उक्त होटलको काम ९० प्रतिशत पुगिसकेको र इन्टेरियर डिजाईन, बाहिरी सौन्दर्यको काम बांँकी रहेको होटलका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिए । होटल सम्पन्न गर्न रू.३० करोडको लगानी लाग्ने अनुमान गरिएको छ । होटल सञ्चालक समितिमा  नौ जना सदस्य र  रिसोर्टमा ३८ जना शेयर सदस्यहरुको लगानी रहेको उनले बताए ।

उनका अनुसार होटल पूर्णरुपमा सञ्चालनमा ल्याउन थप दुई महीना लाग्ने छ । ‘ गत वैशाखमै सञ्चालनमा ल्याउने हाम्रो तयारी थियो’, उनले भने, ‘कोरोना महामारीको कारण अन्तिम निर्माणको काम पनि रोकियो, सम्भवत : कार्तिक महीनादेखि सञ्चालनमा ल्याउनेछौं ।’

यो भरतपुर शहरभित्रकै नमूना तीनतारे स्तरको रिसोर्ट हो ।रिसोर्टले विभिन्न सरकारी तथा गैह्रसरकारी संस्था, उद्योगी व्यवसायी, पेशागत कर्मचारी लगायत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी संरचना निर्माण गरिएको बताएको छ । 

रिसोर्टमा सेन्ट्रल एसी हलसहितको १ हजार जना अटाउने सभाहल, २०० जना क्षमताको व्याँक्वेट हल र २५ जना क्षमताको मिटिङ्ग हल गरी छुट्टाछुट्टै चार ओटा हल निर्माण गरिएको छ । रिसोर्टमा  २८ ओटा प्रिमियम, स्ट्यान्डर्ड कोठाहरु, जीम क्लब,आकर्षक फूलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री लगायतका सुविधा रहेको रिसोर्टका अपरेसनल मेनेजर मनिष शर्माले जानकारी दिए । 

रिसोर्ट परिसरमा विभिन्न जन्मदिन, बिहे, ब्रतबन्ध,लाईभ म्युजिक कार्यक्रमको लागि मञ्चसहितको खुल्ला चौरसमेत रहेको छ । प्राकृतिक, हरियाली मनोरम वातावरणका साथै रिसोर्टबाट गैंडाकोटको मौलाकालिका मन्दिर, पर्वतीय श्रृंखला तथा एयरपोर्टको दृश्यावलोकन गर्न सकिने शर्माले बताए । 

‘समग्रमा रिसोर्ट शहरभित्र र भीडभित्रको  शान्त ठाउंँ हो, हाइवेबाट ५०० मिटर टाढा पनि छैन’, उनले भने, ‘जहाँ पर्यटकले सबै सुविधा एकैठाउँमा पाउँछन् ।’ उनका अनुसार यहाँ आउने पर्यटकको लागि  सौराहा, चितवन राष्ट्रिय निकुञ्ज, देवघाट लगायत अन्य पर्यटकीय गन्तव्य स्थल घुमाउन रिसोर्टले प्याकेज टुरको समेत व्यवस्था गर्ने योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)