ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ३५ लाख लगानीमा सभाहल बनाउँदै भीम माविका पूर्वविद्यार्थी

२०७७ सावन, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीम माध्यमिक विद्यालय दोलखाका पूर्वविद्यार्थीहरूले विद्यालयलका लागि सुविधासम्पन्न सभाहल निर्माण गरिदिने भएका छन् । भीमेश्वर नगरपालिका–२ मा अवस्थित भीम माविमा अध्ययन गरेका विद्यार्थीहरूको संस्था भीम मावि पूर्वविद्यार्थी समाजले सो सुविधासम्पन्न हलको निर्माण गर्ने भएका हुन् ।

पूर्व विद्यार्थी समाजले रू. ३५ लाखको लागतमा विद्यालयका लागि सुविधासम्पन्न हल निर्माण गर्न लागेको भीम मावि पूर्वविद्यार्थी समाजका अध्यक्ष रमेश खतिवडाले बताए । उक्त विद्यालयमा निर्माणाधीन एउटा भवनको माथिल्लो तलामा हल निर्माण गर्न लागिएको हो । हल निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च पूर्वविद्यार्थी समाजले नै बेहोर्ने अध्यक्ष खतिवडाको भनाइ छ ।

विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूले आफूले अध्ययन गरको विद्यालयलाई सहयोग गर्नु दायित्व ठानी हलको निर्माण गर्न लागेको बताएका छन् ।

सभाहल २०० सिट क्षमताको हुने छ । आइतवार बागमती प्रदेशसभा सदस्य पशुपति चौंलागाईंले हल निर्माणको सुभारम्भ गरे । हल निर्माणपछि विद्यालयलाई अतिरिक्त क्रियाकलाप सञ्चालन तथा अन्य कार्यक्रम सञ्चालन गर्नका लागि सहज हुने भीम माध्यमिक विद्यालयका प्रधानाध्यापक शेषनाथ आचार्यले बताए ।

निर्माण शुरू गरिएको ३ महीनाभित्र सभाहल निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने समाजको लक्ष्य छ । विनाशकारी भूकम्पपछि विद्यालयका २ ओटा भवनको निर्माण सम्पन्न भइसकेको तथा एउटा भवन निर्माण सम्पन्न हुने चरणमा छ ।

यस्तै भारतीय राजदूतावासद्वारा निर्माण गरिने एउटा भवन निर्माणाधीन अवस्थामा रहेको भीम माध्यमिक विद्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)