ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुरको तरकारी बजारमा कोरोनाको त्रास

पीसीआर परीक्षण गराउन व्यवसायीको माग

२०७७ सावन, ३२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ३२, चितवन । मानिसको बढी भीडभाड हुने क्षत्रमध्ये पर्ने तरकारी तथा फलफूल बजारमा कोभिड–१९ को जोखिम बढे पनि नमूना परीक्षण गर्न नपाउँदा सम्बद्ध व्यवसायी निराश बनेका छन् । भरतपुरको क्षेत्रपुरमा रहेको फलपूmल तथा तरकारी थोक तथा खुद्रा बजार र लायन्सचोकमा रहेको तरकारी बजारमा मानिसको भीड हुने गरेको छ, जसका कारण आफूहरू उच्च जोखिममा रहेको भन्दै व्यवसायीले तत्काल पीसीआर परीक्षण गराउन माग गरेका छन् । 

भरतपुर महानगरपालिका–३ स्थित लायन्स चोकभित्र तरकारी पसल गर्दै आएका राजेश केशरी आफूहरू दिनहुँ त्रासमा व्यवसाय चलाउनुपरेको बताउँछन् । ‘बिहानदेखि बेलुकासम्म पसलमै हुन्छु,’ उनले भने, ‘ग्राहकको भीड हुन्छ । भीड नगर्नु भन्दा मान्दैनन् ।’ लकडाउन शुरू भएदेखि हालसम्म नियमित पसल खुले पनि हालसम्म आफूहरूले कुनै परीक्षण गर्न नपाएको उनले बताए । तरकारी बजारमा दिनहुँ नयाँ व्यक्ति आउने, कतिपयले मास्कसम्म प्रयोग नगर्ने गरेकाले संक्रमणको  जोखिम बढेको उनको भनाइ छ ।

बजारको केन्द्रमा रहेकाले यहाँ थोक तथा खुद्रा कारोबार गर्नेहरूको भीड हुन्छ । जिल्ला तथा बाहिरका व्यवसायी पनि खरीद तथा विक्रीका लागि आउँछन् । कतिपय ग्राहक तथा उपभोक्ताले सामाजिक दूरी पालना नगर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग नगरेकाले पनि जोखिम बढेको व्यवसायीको भनाइ छ । सिद्धि विनायक आलु भण्डारका सञ्चालक सन्तोष गुप्ता विशेषगरी भारतीय सिमानाबाट मानिसहरू आउँदा आफूहरू संक्रमणको त्रासमा रहेको बताउँछन् । ‘परिवार पाल्न व्यापार गर्नैप¥यो,’ उनले भने, ‘तर यहाँ न अनुगमन हुन्छ, न त हाम्रो नमूना जाँच नै ।’ 

यहाँको थोक बजारमा थोक आलु, लसुन तथा स्याउ आपूर्ति गर्दै आएका प्रकाश श्रेष्ठ आपूmहरूको सुरक्षाप्रति सरकार उदासीन भएको बताउँछन् । ‘कोरोना संक्रमणको दृष्टिले तरकारी बजार जोखिमपूर्ण र संवेदनशील क्षेत्र हो,’ उनले भने, ‘तर अहिलेसम्म नमूना परीक्षण गरिएको छैन ।’ पहुँचवालाले मात्र परीक्षण गर्दै आएको र आफूहरूलाई बेवास्ता गरिएको भन्दै उनले असन्तुष्टि पोखे । 

‘कि राज्यले तरकारी बजार बन्द गर्नुप¥यो, कि व्यवसायीको चेकजाँच हुनुप¥यो,’ उनले भने ‘हामी जोखिमपूर्ण रूपमा काम गर्न सक्दैनौं ।’ कालीमाटी तरकारी तथा फलफूल बजार लगायत अन्य ठाउँका व्यवसायीको नमूना परीक्षण गरे पनि यहाँका व्यवसायीको परीक्षण गर्न भने सम्बद्ध निकाय उदासीन र लाचार बनेको उनको आरोप थियो । स्थानीय निकाय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय प्रशासन जस्ता निकायले पनि यस्ता क्षेत्रमा जोखिम नियन्त्रणमा खासै ध्यान दिएको पाइँदैन । 

भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित यो वडा बजार क्षेत्र भएकोले पनि संवेदनशील रहेको बताउँछन् । त्यसैले जोखिम न्यूनीकरणका लागि वडाले टोल विकास संस्थासँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । ‘तरकारी तथा फलपूmल बजार, होटल, अटोमोबाइल क्षेत्र, यातायात मजदूर बढी रहेको क्षेत्र यही वडामा पर्छ,’ उनले भने, ‘सबैको एकैपटक पीसीआर परीक्षण गर्न समेत कठिन छ ।’ तरकारी बजारको हकमा भने आफूले महानगरसँग सुझाव पीसीआर परीक्षण गराउन पहल गर्ने आश्वासन  उनले दिए । 

महानगरपालिका स्वास्थ्य शाखाका कन्ट्याक्ट ट्रेसिङ संयोजक केशव भट्ट शंकास्पद क्षेत्र र जोखिम क्षेत्रको नियमित छड्के जाँच गर्दै आएको दाबी गर्छन् । ‘आप्mनो क्षेत्रको नियमित अनुगमन गर्ने, जाँच गर्ने वडाको काम हो,’ उनले भने, ‘लक्षण देखिएका र जोखिम क्षेत्रको छनोटको आधारमा चेकजाँच गर्दै आएका छौं ।’ आपूmमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भए भरतपुर अस्पतालमा गएर नमूना परीक्षण गर्न सकिने उनको भनाइ छ । तर भरतपुर अस्पतालमा आफ्नो इच्छा अनुसार नमूना परीक्षण गर्न जो कसैले पाउने गरेका छैनन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)