ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन्द्रावतीका युवाहरू पशुपालनमा आकर्षित

२०७७ भदौ, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका युवाहरू पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । वैदेशिक रोजगारमा गएर मात्रै आर्थिक समस्याको दीर्घकालीन समाधान नहुने देखेपछि उनीहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका हुन् ।

करीब ६ वर्ष कतार र मलेशियामा वैदेशिक रोजगरी गरी गाउँ फर्किएका स्थानीय रमेश पकुवालले करीब २ वर्ष अगाडिबाट कटुवा चौरस्थित आप्mनै जग्गामा भैंसीपालन शुरू गरेका छन् । अहिले उनको गोठमा भैंसीको संख्या ११ ओटा पुगेको छ ।

करीब रू. ७० लाखको लगानीमा व्यावसायिक पशुपालन शुरू गरेका पकुवाललाई विदेशको कमाइ भन्दा आप्mनै गोठको कमाइ उत्तम लागेको छ । लगानीको किस्ता तिर्न र घरव्यवहार चलाउन यो व्यवसायबाट सजिलै सकिएको उनी बताउँछन् ।

पशुपालनबाट उत्पादित मलबाट प्याज, लसुन र विभिन्न जातका तरकारीखेती र अन्य अन्नबाली उत्पादनमा समेत सहज भएको उनले बताए । उनको आप्mनै परिवारका सदस्य र १ जना छिमेकीलाई पूर्णकालीन रोजगारी समेत आफूले दिएको उनको भनाइ छ ।

पशुपालक रमेश जस्तै सुन्द्रावतीका ४० जना भन्दा बढी युवाहरू व्यावसायिक भैंसीपालनमा लागेका छन् । उन्नत नश्लका भैंसी सिन्धुली र काभ्रेलगायत जिल्लाबाट ल्याइएको सुन्द्रावतीका भैंसीपालक किसानहरूले बताए ।

यो वडाबाट मात्र मासिक ६ हजार ५०० लिटर भन्दा बढी दूध संकलन हुने गरेको छ । संकलित दूधको बजार व्यवस्थापन स्थानीय सुवर्ण कृषि सहकारी संस्थाले गरिरहेको छ । किसानले दूध बेचेर मासिक रू. साँढे ६ लाख भन्दा बढी आम्दानी गर्ने गरेको सुवर्ण कृषि सहकारी संस्थाका कोषाध्यक्ष नारायणप्रसाद रेग्मीले बताए ।

सहकारीले कृषि कर्ममा लाग्ने युवाहरूका लागि सस्तो र सुलभ ब्याजमा ऋण प्रवाह गर्ने गरेको उनको भनाइ छ । साथै किसानले उत्पादन गरेका फलफूल तथा तरकारीहरू पनि सहकारीले नै खरीद गरी विक्रीवितरणको व्यवस्था मिलाउँदै आएको कोषाध्यक्ष नारायण रेग्मीले बताए ।

गाउँपालिकाले पनि कृषि कर्ममा लाग्ने युवाका लागि विशेष योजनाका साथ काम गरिरहेको वडाध्यक्ष रामप्रसाद मैनालीले बताए । उन्नत जातका गाई तथा भैंसी खरीदका लागि किसानलाई वडाले अनुदान उपलब्ध गराएको अध्यक्ष मैनालीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)