ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु 

२०७७ भदौ, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 भदौ ४, चितवन । चितवनमा बिहीवार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेको अस्पतालले जानकारी दिएको छ   ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अनुसारे कोभिड सघन उपचार कक्षमा उपचाररत उनकोे दिउँसो २ : ५७ बजे मृत्यु भएको हो । उनी विगत ६ दिनदेखि कोभिड १९ संक्रमण भई अस्पतालमा उपचाररत थिए । 

मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाईनल ईन्जुरीे, मृगौलामा समस्या लगायतका समस्या रहेको पौडेलले बताए  ।

उनीसँगै कोरोना संक्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा आफ्नै निवासमा मृत्यु भएको थियो । चार जना मृतकमध्ये  एकजना कैलालीका कोरोना संक्रमित थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)