ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दाबन्दीका कारण घट्यो राजस्व

२०७७ भदौ, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । मालपोत कार्यालय दोलखाबाट हुने राजस्व संकलनमा आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको  छ । बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७५/७६ को तुलनामा राजस्व संकलनमा कमी आएको मालपोत कार्यालय दोलखाले बताएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विभिन्न शीर्षकबाट ४ करोड ८५ लाख १२ हजार ५४६ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले  आर्थिक वर्ष २०७६/७७ मा कुल ३ करोड ५० लाख ७१ हजार ८०० रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १ करोड ३४ लाख ४० हजार ७४६ रुपैयाँ कम हो । आव २०७६/७७ भएको ४ महीना लामो बन्दाबन्दीका कारण राजस्व संकलनमा ह्रास आएको मालपोत कार्यालय दोखलाका प्रमुख ऋषिराम पंगेनीले बताए ।

आर्थिक वर्ष २०६७/७७ मा संकलित राजस्वमध्ये रजिष्ट्रेशन दस्तुरबाट सबैभन्दा बढी २ करोड २७ लाख ३९ हजार ३३१ रुपैयाँ संकलन भएको छ । त्यस्तै पूर्जा वितरणबाट सबैभन्दा कम ५१ हजार ८७५ रुपैयाँ राजस्व असुली भएको जिल्ला मालपोत कार्यालय, दोलखाले बताएको छ । यस्तै पूँजीगत लाभकरबाट ६५ लाख ९८ हजार ३७३, सेवा शुल्क र अन्य प्रशासनिक दस्तुर शीर्र्षकबाट ४४ लाख ४ हजार ८२२, रोक्का दस्तुर शीर्षकबाट ८ लाख ६३ हजार ८०० र विविध शीर्षकमा ४ लाख १४ हजार १७ रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ । लकडाउनका कारण गत आर्थिक वर्षको वैशाख र जेठ महीनामा भने कुनै शीर्षकमा पनि राजस्व संकलन नभएको मालपोत कार्यालयका नासु मुरारि दुलालले बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)