ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा साँढे २४ करोडको लगानीमा चकलेट उद्योग स्थापना गरिने 

२०७७ भदौ, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १०, चितवन । चितवनको राप्ती नगरपालिकामा ठूलो लगानीमा चकलेट उद्योग स्थापना गर्ने तयारी गरिएको छ ।वाग्मती प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीसमेत गरी रू.२४ करोड ५० लाखमा राप्ती नगरपालिका–७ स्थित साना किसान तथा कृषि सहकारीको जग्गामा उक्त उद्योग स्थापना गरिने छ 

दूधको उत्पादनलाई खेर जान नदिन र दूधको परिकारमा विविधिकरण गर्ने उद्धेश्यले चकलेट उद्योग स्थापना गर्न लागिएको वागमती प्रदेश सरकारले जानकारी दिएको छ ।  यसका लागि मंगलवार भूमि व्यवस्था,कृषि तथा सहकारी  मन्त्रालय र राप्ती नगरपालिकाबीच छलफल भएको वागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डाक्टर शरण पाण्डेले बताए । ‘मन्त्रालयमा राप्ती नगरपालिकामा चकलेट उद्योग स्थापना गर्ने बिषयमा नीतिगत निर्णय भएको छ’, उनले भने, ‘प्रारम्भिक परियोजना प्रतिवेदन पनि तयार भएको छ ।’ 

उनका अनुसार उद्योग सञ्चालनमा ल्याउन रू.२४ करोड ५० लाख लाग्ने अनुमान छ । जसमा आधा लगानी प्रदेश सरकार र आधा लगानी नगरपालिकाको हुने छ ।

चितवन जिल्लामा दूध उत्पादन क्षमता क्रमशः बढ्दै गइरहेकोले  यसलाई विविधिकरण गर्न र खेर नजाओस् भन्ने हेतुले चकलेट उद्योग स्थापना गर्न लागिएको उनको भनाइ छ ।
उद्योगमा क्याड्बरी, ट्रफी, चकलेट लगायत गुणस्तरीय उत्पादन गर्नुका साथै  पनीर, दही घ्यू,क्रीम लगायतका उत्पादनहरुलाई समेत निरन्तरता दिइनेछ । 

उनका अनुसार अवस्था सामान्य भए आउँदो असोज महीनासम्म वातावरणीय प्रभाव मुल्यांकनको काम र टेण्डर प्रक्रियामा लगिनेछ ।  एक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । नेपालमा वार्षिक करौडौं मूल्य बराबरको चकलेट आयात भइरहेको र आयात प्रतिस्थापन गर्न किसानलाई प्रेरित गर्ने उद्धेष्यले चकलेट उद्योग स्थापना गर्न लागिएको उक्त मन्त्रालयका सचिव डाक्टर योगेन्द्र बहादुर कार्कीले बताए ।

‘यो एउटा फरक प्रकारको उद्योग बन्नेछ’, उनले भने, ‘उद्योगले रोजगारी वृद्धि गर्न र आयात प्रतिस्थापन गर्न मदत पुग्छ ।’ नगरपालिकाका प्रमुख प्रभा बरालले प्रदेश सरकार र नगरपालिका  चकलेट उद्योग स्थापना गर्न तयार भएको बताइन्  । नगरपालिकाको साना किसान तथा कृषि सहकारीको डेढ बीघा जमीनमा चकलेट उद्योग स्थापना गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार आधा लगानीमध्ये नगरपालिकाको तर्फबाट सहकारी, किसानहरुको साझेदारीको रुपमा लगानी गरिनेछ । पहिलो चरणमा दैनिक ३० हजार लिटर दूध खरीद गर्ने र क्रमिक रुपमा यसको क्षमता बढाउँदै लगिने पनि उनले बताइन् । ‘उद्योग स्थापना गर्दा एकत दूध खेर जाँदैन’, उनले भनिन्, ‘अर्कोकुरा किसानले निश्चित मूल्य पनि पाउँछन् ।’ 

चितवनमा बन्द हडताल र मूल्यका कारण वर्षेनी दूध खेर जाने र किसानले दूधको उचित मूल्यको लागि आन्दोलन गर्न नपरोस भनेर चकलेट उद्योग स्थापना गर्न लागिएको उनको भनाइ छ ।

व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले उद्योग स्थापना हुनु चितवनका किसानका लागि राम्रो प्रयास भएको बताए । ‘यस्ता उद्योगहरु बन्नु राम्रो हो’, उनले भने, ‘यसले किसानलाई थप लगानी गर्न उत्प्रेरणा पनि मिल्छ ।’ 

चितवनमा अहिले झण्डै दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँ ५०० भन्दा बढी व्यवसायीक दुग्ध किसान रहेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)