ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् निर्माणका लागि हेलिकोप्टर मार्फत उपकरण ढुवानी गरिँदै

२०७७ भदौ, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । सडक यातायातको पूर्वाधार नभएको दोलखाको विकट स्थानमा जलविद्युत् आयोजना निर्माणका लागि आयोजना प्रवद्र्धकले हेलिकोप्टर मार्फत आवश्यक मेशिन/उपकरण ढुवानी गर्न थालेका थालेका छन् । सरकारबाट समयमै सडक पूर्वाधार तयार नगरिएपछि ऊर्जा प्रवर्द्धकहरू आयोजनाका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरू हेलिकोप्टरबाटै ढुवानी गर्न बाध्य भएका हुन् ।

दोलखाको बिगु गाउँपालिका–१ को लप्ची खोलामा प्रस्तावित १६० मेगावाटको लप्ची खोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न हालै मात्र नासा हाइड्रोपावर प्रालिले तीनओटा एक्स्क्याभेटर हेलिकोप्टर मार्फत ढुवानी गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थल लामाबगरसम्म टेलरमार्फत ढुवानी गरिएका एक्स्क्याभेटरका पार्टपुर्जा खोलेर हेलिकोप्टरमा मार्फत तिब्बत सिमाना नजिक पु¥याइएको आयोजनाका डेपुटी कन्ष्ट्रक्सन म्यानेजर केबी बोहोराले जानकारी दिए ।

लप्चीखोला जलविद्युत् आयोजना नेपाल–तिब्बत सिमाना नजिक पर्छ । साउन महीनामा हेलिकोप्टमार्फत इलुक चौरमा दुईओटा र थान्छेम्दुमा एउटा एक्स्क्याभेटर झारिएको आयोजनाले बताएको छ ।

साना पार्टपुर्जा आयोजनाले लकडाउनभन्दा अघि नै ढुवानी गरेको थियो । इन्जिन, चेन जस्ता ठूला सामानको भने ढुवानी लकडाउनका कारण रोकिएको थियो । लकडाउन खुकुलो हुने समय कुर्दा वर्षा लागेकाले ढुवानीमा कठिनाइ उत्पन्न भएको म्यानेजर बोहोराले बताए । मौसम अनुकूल भएपछि ट्र्याक्टर लगायत उपकरण समेत हेलिकोप्टर मार्फत नै ढुवानी गर्ने कम्पनीको योजना छ ।

सडक विभागले १ दशकदेखि शुरू गरेको लामाबगर–लप्ची सडकको ३ किलोमिटर ट्र्याक मात्र खनिएको छ । माथिल्लो तामाकोशीको बाँधस्थल क्षेत्रमा कडा चट्टान र बाहिरबाट सडक निर्माण गर्न नसकिने कठिन भूधरातलीय अवस्थाका कारण ९०० मिटर सुरुङमार्गको समेत डिजाइन छ । त्यसलाई समेत सरकारले प्राथमिकतामा राखेको छ । सुरुङमार्ग नबन्दा निजीक्षेत्रका जलविद्युत् कम्पनीले आफ्नै आयोजना क्षेत्रबाटै सडक निर्माण शुरू गर्न लागेका हुन् ।

लामाबगरबाट आयोजना स्थलसम्म पुग्न हिँड्ने बाटो समेत कठिन छ । नदी माथिको भीरको बाटोमा लहरा समाउँदै हिँड्नुपर्ने अवस्था छ । वर्षामा नदी बढेकाले अहिले हिँड्ने बाटो समेत बन्द छ । बाटो नहुँदा आयोजनाको कामका लागि बसेका मजदूरका लागि खाद्यान्न समेत हेलिकोप्टरमार्फत नै ढुवानी गनुपर्ने बाध्यता रहेको म्यानेजर बोहोराले बताए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याम रहेको स्थल लामाबगरभन्दा माथि लप्ची र लुम्नाङ नामका दुईओटा मात्र मानव बस्ती छन् । लप्ची स्थानीयहरूको वर्षे बस्ती हो भने लुम्नाङ हिउँदमा जाडो छल्न झर्ने बस्ती हो । लप्चीका स्थानीयहरू हिँडेर लामाबगर आउने पैदल बाटो पनि वर्षायाममा स्थानीय खोला बढेपछि बन्द हुने गरेको लामाबगरका बासिन्दा बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)