ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘पसल खोलौं संक्रमणको डर, बन्द गरौं भोकको पीर’

२०७७ भदौ, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पछिल्लो समय पुनः कोरोनाको संक्रमण तीव्र बनेपछि चितवन प्रशाशनले खाद्य तथा अन्य अत्यावश्यक सेवाका पसलहरू खोल्न र सेवा दिन निश्चित समय तोकेको छ । यसै आधारमा चितवनमा अस्पताल, खाद्यान्न, पानी, मासु, दूग्धजन्य र कृषिजन्य वस्तुबाहेक अन्य क्षेत्र पूर्ण रूपमा बन्द छन् ।

जिल्लामा दोस्रोपटक एकसाता निशेधाज्ञा थपिएसँगै प्रसाशनको निर्देशन अनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य वस्तुका पसलहरू खुला हुने गरेका छन् । तर, ती स्थानहरू नै कोरोनाको जोखिमको केन्द्र बनिरहेको छ ।

दैनिक करीब १६ घण्टादेखि १८ घण्टासम्म सेवा दिने यस्ता पसल ६ घण्टामात्र सेवा दिँदा उपभोक्ताको भीड बाक्लो छ । निश्चित समयमा खुल्दा हुने यस्तो भीडले कोरोना संक्रमण बढाउने जोखिम समेत बढेको छ । यसले व्यवसायी, उपभोक्ताका साथै समुदायमा संक्रमण फैलाउने जोखिम उच्च छ ।

भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका हरिकृष्ण जनरल स्टोर्सका सञ्चालक हरि पौडेल विगतका दिनभन्दा अहिले कोरोनाको जोखिम बढी महसुस भएकोे बताउँछन । एकातिर दिनदिनै संक्रमति बढेका छन् भने अर्कोतिर सामान किन्नेको भीडले थप जोखिम बढाएको उनको भनाइ छ ।

सीमित अवधिका लागि यस्ता पसल खुला गर्न दिँदा तथा उक्त समयमा ग्राहकको चाप एकैचोटी बढ्दा संक्रमणको सम्भावना अधिक हुने उनको बुझाइ छ । पसलमा आउँदा कतिपय ग्राहकले सामाजिक दूरी नअपनाउने र कतिपयले मास्क समेत नलगाई आउँदा थप जोखिम बढेको उनले बताए । ‘अब पसल खोलौं रोगले मरिएला भन्ने डर नखौलौ भोकले मरिएला भन्ने पीर’, पौडेलले भने ।

खाद्यवस्तुसँगै जिल्लाका सबैजसो दूध डेरीमा समेत ग्राहकको भीड देखिन्छ । सोही ठाउँका वृन्दावन डेरी पसलका सञ्चालक कृष्ण गौतम विशेषगरी बिहान र बेलुका एक्कासी ग्राहकको भीड हुँदा व्यवसायीलाई स्वास्थ्य चिन्ता थपिएको बताउँछन् । ‘सबैलाई हतार हुन्छ, ठेलमठेल गर्छन’, उनले भने, ‘भीड नगर्नु भन्दा रिसाउँछन ।’ पसलमा डोरीको सहायताले दूरी व्यवस्थापन गर्न खोजिए पनि कतिपय ग्राहकले त्यसको समेत उल्लंघन गर्ने गरेको उनी बताउँछन् ।

यस्तै मासुपसलमा पनि ग्राहकको उत्तिकै भीड देखिन्छ । त्यहाँ पनि कतिपय ग्राहकले सुरक्षा मापदण्ड मानेको देखिँदैन । ‘कतिपय चिनेकै मान्छे हुन्छन्, कतिपय नचिनेका आउँछन्’, भरतपुर महानगरपालिका–१२ स्थित खनाल मासु सप्लार्यसका सञ्चालक बुद्धिसागर खनाल भन्छन, ‘हामीले मात्रै सचेत भएर कहाँ हुन्छ, मानिसहरू आफै सचेत हुनुपर्‍यो नि ।’ अझै पनि मानिसहरू सचेत नभएका कारण त्यसको असर आफूलाई समेत पर्ने चिन्तामा उनी छन् ।

चितवन प्रशासनले कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै साउन ३० गतेबाट जिल्लामा निशेषधाज्ञा जारी गरेको छ । तोकिएको समयमा मात्र दैनिक उपभोग्य बस्तुका पसलहरू खुलेपछिको भीडले थप जोखिम बढ्ने देखिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)