ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे २ करोड रुपैयाँ लगानीमा दुग्ध उद्योग स्थापना

२०७७ भदौ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगढीमा साढे २ करोड रुपैयाँ लगानीमा दुग्ध उद्योग स्थापना गरिएको छ । दूध उत्पादनको खपत बढाउन र दूधमा विविधीकरण गर्ने उद्देश्यले ढकाल दुग्ध उद्योगको स्थापना गरिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सुमन ढकालका अनुसार परिवारको एकल लगानीमा दुग्ध उद्योग स्थापना गरिएको हो । २५ वर्षदेखि पशुपालन गर्दै आएका ढकाल परिवारको ढकाल पशुपालन फार्म समेत सञ्चालनमा छ । फार्ममा १७५ ओटा दूध उत्पादन गर्ने गाईभैंसी छन् । उनको फार्मबाट दैनिक ७०० लिटरसम्म दूध उत्पादन हुँदै आएको छ । आप्mनो फार्मको दूधको सही सदुपयोग गर्न र यस वरिपरि रहेका किसानको दूधलाई संकलन गर्नाका साथै प्रशोधन गरेर विक्री गर्ने उद्देश्यसहित उद्योगको स्थापना गरिएको ढकालले बताए ।

‘अहिले हामीले सबै गरी दैनिक ५ हजार लिटर दूध संकलन गर्दै स्थानीय बजारमा विक्री गर्दै आएका छौं’,  प्रबन्ध निर्देशक ढकालले भने, ‘उद्योग खोलेपछि प्याकेजिङ गरेर देशभर पुर्‍याउने लक्ष्य लिएका छौं ।’ यसअघि खुला दूध विक्री हुँदै आए पनि उद्योग सञ्चालनपछि दूध प्याकेजिङका साथै दही, क्रिम, घ्यू, नौनी, पनिरजस्ता दुग्धजन्य उत्पादन गरिने उनको भनाइ छ ।

करीब ५ कट्टा क्षेत्रफलमा अवस्थित उक्त उद्योगको प्लान्टसहित अन्य उपकरण जडान गरिसकिएको छ । गत वैशाखबाट सञ्चालनामा ल्याउने तयारी गरिएको भए पनि लकडाउनका कारण हालसम्म सञ्चालन गर्न नसकिएको सञ्चालक ढकाल बताउँछन् । अब डेढ महीनाभित्र सञ्चालनमा ल्याइसक्ने उनले जानकारी दिए । उद्योग सञ्चालनमा आएसँगै १२ जनाले प्रत्यक्ष रोजगारी पाउने ढकालको भनाइ छ ।

उद्योग सञ्चालनमा आएपछि काठमाडौं, पोखरा, विराटनगर लगायत शहरहरूमा आफ्नो उत्पादन विक्री गर्ने उद्देश्य लिइएको छ । ‘उद्योग सञ्चालनमा आएपछि दूध खेर जाँदैन’, उनले भने, ‘किसानले सही मूल्य पनि पाउने छन् ।’

उद्योगका इन्जिनीयर कन्सल्ट्यान्ट खेमप्रसाद ढकालले मेशिन जडान र फिनिसिङबाहेक सम्पूर्ण काम पूरा भइसकेको जानकारी दिए । ‘वैशाखमै सञ्चालनमा आउँथ्यो, तर यसका साना–साना सामानहरू भारतबाट ल्याउनु पर्ने थियो । लकडाउनले समयमै सामान ल्याउन नपाएपछि केही ढिलो भएको हो’, खेमप्रसादले भने ।

अगामी दिनमा बजार विस्तारसँगै उद्योगको क्षमता विस्तार गर्दै लैजाने योजना रहेको सञ्चालक ढकालको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)