ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा ११ ओटा पुल निर्माण सम्पन्न हुने चरणमा

२०७७ भदौ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

भदौ १५, दोलखा । दोलखामा चालू आर्थिक वर्षमा ११ ओटा पुल निर्माण सम्पन्न हुने चरणमा रहेका छन् । गत आवमा बन्दाबन्दीका कारणले निर्माण सम्पन्न हुन नसकेका पुलहरु यो वर्ष सम्पन्न हुने चरणमा पुगेका हुन् ।

डिभिजन सडक कार्यालय दोलखा अन्तर्गतका १० ओटा निर्माणाधिन पुलहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने डिभिजन सडक कार्यालय दोलखाका प्रमुख विजय कुमार महतोले बताए । यस्तै, पुल महाशाखा, पुल्चोक अन्तर्गत निर्माणाधिन गुमुखोला आर्कब्रिज पनि सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । 

चालू आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न भएपछि दोलखाका विभिन्न सडकहरुमा यातायातको पहुँच सहज हुने डिभिजन प्रमुख महतोको भनाइ छ ।

चालू आर्थिक वर्षमा झाक्रेखोला–जिरी–सिक्री–हावा–सहरे सडकखण्डमा पर्ने झाक्रेखोला पुल, जिरीको फुल्पिङ सिक्री खोला पुल, जिरी नगरपालिकाभित्रै रहेको जिरी खोला पुल र भीरकोट–जिरी सडकखण्डअन्तर्गत पर्ने सिक्री खोला पुलको निर्माण यो वर्ष सम्पन्न हुने गरी काम भइरहेको छ ।

यस्तै शैलुङ–पवटी जोड्ने ढाँडे खोला पुल, भोर्लेको तामाकोसी नदीमा निर्माणाधिन भोर्ले पुल, वैतेश्वर गाउँपालिकाको भस्मे खोला मजुवा पुल, भीमेश्वर नगरपालिका तथा शैलुङ गाउँपालिका जोड्ने चर्नावती खोलाको पुल, तथा लामोसाँघु–जिरी सडक खण्डमा पर्ने चरङे खोला पुलको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

लामो समयसम्म निर्माण हुन नसकेकोे घट्टेखोला–मार्बु–चंखु सडकखण्डको पुल निर्माणका लागि पनि कार्यालयले ताकेता गरिरहेको डिभिजन प्रमुख विजय कुमार महतोको भनाइ छ ।

डिभिजन सडक कार्यालय दोलखा अन्तर्गतका १० ओटा पुलका अतिरिक्त पुल महाशाखा ललितपुर अन्तर्गत तामाकोशी नदीमा निर्माणाधिन ६० मिटर लामो गुमुखोला आर्कब्रिजको काम पनि सम्पन्न हुने चरणमा रहेको छ । 

पुलको ढलान गत आवमा नैं सम्पन्न भइसकेकाले अब एप्रोच रोड तथा अन्य केही साना काम मात्र बाँकी रहेको निर्माण कम्पनी कन्काई इन्टरनेशनल विलडर्स प्रालि अन्तर्गत काम गरिरहेको रिमाल निर्माण सेवाका हेमराज रिमालले बताए । यो पुल नेपालमा निर्माण भएको दोस्रो आर्कब्रिज हो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)