ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको राप्तीमा धानबालीमा रोगको प्रकोप

२०७७ भदौ, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १६, चितवन । चितवनको राप्ती नगरपालिकामा धानबालीमा विभिन्न रोगको प्रकोप देखिएको छ । नगरपालिकाका अधिकांश वडाहरूमा गवारो, शिथ ब्लाइट र डढुवा (लिफ ब्लाइट) जस्ता रोगको प्रकोप भएको किसानहरूले बताएका छन् । उनीहरूका अनुसार रोगले धानको पात रातो भएर डढ्ने, धानको डाँठ कुहिने र कीराले जरा खाएपछि बोट सुक्दै जाने जस्ता लक्षण देखिएको हो । 

सो नगरपालिका वडा नम्बर ५ का किसान धर्मराज कँडेल केही दिनदेखि यस्तो समस्या आएको बताउँछन् । उनको धानबालीमा कतै बोट सुक्ने र कतै धानको पात पहेँलो हुने गरेको छ । उनका अनुसार गोडेर मल हालेको केही दिनमा यस्तो समस्या आएको हो । ‘वर्षेनि धानमा केही न केही रोग त लाग्ने गरेकै हो,’ उनले भने, ‘अहिले तीनओटा जति रोग एकैपटक लागेको छ ।’ नगरपालिकामा वडापिच्छे नै धानमा कुनै न कुनै रोगले आक्रमण गरेको छ भने कतिपय किसानको धानबालीमा  गवारो किरामात्र लागेको छ । 

वडा नम्बर ६ का किसान लोकराज सिलवाल आफ्नो २८ कठ्ठा क्षेक्रलमा लगाईएको धानमा गवारोको प्रकोप देखिएको बताए । ‘मेरो सबै धानमा गवारो देखिएको छ,’ उनले भने । उनका अनुसार रोपेको २२ दिनपछि पुतलीजस्तो कीरा धानको गाँजमा बस्ने र त्यही अण्डा पारेर जरा खाने गरेको थियो । त्यसपछि धानको बोट नै सुक्न थालेको उनको भनाइ छ । 

धानमा गुणात्मक रोग देखिएपछि नगरपालिकाको नेतृत्वमा प्राविधिक सहितको टोलीले धानको निरीक्षण तथा नमूना संकलन गरेको नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । ‘किसानहरूले धानमा समस्या आयो भन्नेबित्तिकै प्राविधिक सहितको टोली लिएर धानखेतमै पुग्यौं,’ बरालले भनिन्, ‘रोकथामको लागि प्राविधिकले औषधि लेखिदिनुभएको छ ।’ उनका अनुसार नगरपालिकाको प्राविधिक टीमले सबै किसानको तथ्यांक राखेर नमूना संकलन गरी औषधि छर्न सल्लाह दिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना वर्षेनि यस्ता रोग चितवनका धानबालीमा देखिने गरेको बताउँछन् । केही दशकदेखि नै रासायनिक मलको अत्यधिक प्रयोग र किसानले जथाभावी विषादी हाल्ने गरेकाले रोगको प्रकोप बढेको उनले बताए । ‘एकातिर माटोमा अम्लीयपन बढ्दै गएको छ,’ उनले भने, ‘अकोतिर धानलाई चाहिने पौष्टिक तŒव पनि कमी छ ।’ उनका अनुसार रासायनिक मलका कारण अन्य खाद्य तŒवमा कमी भई यस्ता रोगहरू देखिने गरेका हुन् । 

विशेषगरी प्राविधिक सल्लाहविना अनधिकृत रूपमा विषादी प्रयोग गरेकाले रोगको प्रकोप बढेको र प्रांगारिक मल प्रयोग गरेका किसानमा रोगको प्रकोप नदेखिएको उनको भनाइ छ । अधिकांश किसानले उत्पादन बढाउन अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने र धानमा प्रयोग गरिने विभिन्न औषधि, भिटामिन एउटै भाँडामा राखेर छर्ने गरेकाले पनि धानबालीमा यस्तो समस्या आएको प्राविधिकको भनाइ छ । माटोमा नाइट्रोजन, पोटास, जिंक जस्ता खाद्य तŒवको कमीले पनि रोगको प्रकोप देखिएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)