ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालू आर्थिक वर्षमा दोलखामा ११ पुलको निर्माण सम्पन्न हुँदै

२०७७ भदौ, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा चालू आर्थिक वर्षभित्र ११ ओटा पुल सम्पन्न हुने चरणमा रहेका छन् । गत आवमा बन्दाबन्दीका कारण निर्माण सम्पन्न हुन नसकेका पुलहरू चालू आवमा सम्पन्न हुने भएका हुन् ।

डिभिजन सडक कार्यालय दोलखा अन्तर्गतका १० ओटा निर्माणाधीन पुल यसै आर्थिक वर्षभित्र सम्पन्न हुने डिभिजन सडक कार्यालय दोलखाका प्रमुख विजयकुमार महतोले अभियान दैनिकलाई बताए । यस्तै पुल महाशाखा, पुल्चोक अन्तर्गत निर्माणाधीन गुमुखोला आर्क ब्रिज पनि सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न भएपछि दोलखाका विभिन्न सडकहरूमा यातायातको पहुँज सहज हुने डिभिजन प्रमुख महतोको भनाइ छ ।

चालू आवमा झाक्रेखोला–जिरी–सिक्री–हावा–सहरे सडक खण्डमा पर्ने झाक्रेखोला पुल, जिरीको फुल्पिङ सिक्री खोला पुल, जिरी नगरपालिकाभित्रै रहेको जिरी खोला पुल र भीरकोट–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिक्री खोला पुलको निर्माण यसै वर्ष सम्पन्न हुनेगरी काम भइरहेको छ ।

यस्तै शैलुङ–पवटी जोड्ने ढाँडे खोला पुल, भोर्लेमा तामाकोशी नदीमा निर्माणाधीन पुल, वैतेश्वर गाउँपालिकाको भस्मे खोला मजुवा पुल, भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिका जोड्ने चर्नावती खोलाको पुलका साथै लामोसाँघु–जिरी सडक खण्डमा पर्ने चरङ्गे खोला पुलको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म निर्माण हुन नसकेकोे घट्टेखोला–मार्बु–चंखु सडकखण्डको पुल निर्माणका लागि पनि कार्यालयले ताकेता गरिरहेको डिभिजन प्रमुख महतोले बताए ।

डिभिजन सडक कार्यालय दोलखा अन्तर्गत का १० पुलका अतिरिक्त पुल महाशाखा ललितपुर अन्तर्गत तामाकोशी नदीमा निर्माणाधीन ६० मिटर लामो गुमुखोला आर्क ब्रिजको काम पनि सम्पन्न हुने चरणमा रहेको छ । पुलको ढलान गत आवमै सम्पन्न भइसकेकोले अब एप्रोच रोड तथा अन्य केही साना काम मात्र बाँकी रहेको मुख्य निर्माण कम्पनी कन्काई इन्टरनेशनल बिल्डर्स प्रालि अन्तर्गत काम गरिरहेको रिमाल निर्माण सेवाका हेमराज रिमालले बताए । तुलनात्मक रूपमा आर्क बृज निर्माण गर्न कठिन भए पनि बलियो र लामो समयसम्म टिकाउ हुने मानिन्छ । साथै यस्ता पुलको भारवहन क्षमता पनि बढी हुने प्राविधिकहरूको भनाइ छ । यो प्रविधिमा पुलको बीच भागमा नदीमा पिल्लर नराखिने हुनाले पुललाई बाढीको जोखिम पनि कम हुने बताइन्छ । नेपाली निर्माण व्यवसायीले निर्माण गरेको यही प्रविधिको पहिलो पुल मुग्लिनस्थित त्रिशूली नदीमा निर्माण सम्पन्न भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)