ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोकिएन तामाकोशी नदीमा अवैध बालुवा उत्खनन

२०७७ भदौ, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । तामाकोशी नदीमा असारदेखि भदौ मसान्तसम्म बालुवा उत्खनन गर्न निशेध गरिए तापानि अवैध रूपमा उत्खनन गर्ने क्रम रोकिएको छैन । बालुवा उत्खनन गरिरहेका साधन पट–पटक पक्राउ पर्नुले अवैध उत्खनन भइरहेको पाइएको  हो ।

पछिल्लो पटक भदौ १५ गते उत्तरी दोलखाको बिगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदी किनाराबाट गैरकानूनी रूपमा बालुवा उत्खनन गरेका ४ ट्र्याक्टर सहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रेवतीरमण पोखरेलले बताए । यसअघि १२ गते राति ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोशी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एक्स्क्याभेटर र दुई टिपरसहित २ जनालाई गस्तीमा रहेको सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अनुगमन तथा समन्वय समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खननमा लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै अवैध उत्खननमा प्रयोग भएका सवारीसाधनका धनीहरूलाई जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले जरीवाना गरेको छ । तामाकोशी नदीमा भदौ १२ गते बेलुका अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न ३ ओटा साधनलाई भदौ १४ गते बसेको जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिको बैठकले जरीवाना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए । अवैध उत्खननमा प्रयुक्त एक  एक्स्क्याभेटरलाई ३ लाख तथा बालुवा अ‍ेसार्न प्रयोग भएका दुई टिपरलाई ३०÷३० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको संयोजक पाण्डेको भनाइ छ ।

प्रहरीले अवैध उत्खननमा संलग्नहरूलाई कहिलेकाहीँ समाते पनि रातको समयमा नदीबाट बालुवा झिक्ने गरिएको तामाकोशी नदी निकट बस्ने स्थानीय बासिन्दाको भनाइ छ । जथाभावी बालुवा झिक्नाले तामाकोशी नदीका बगरहरूमा खाडल मात्र देखिन थालेको छ । रातको समयमा बालुवा झिक्ने क्रममा स्थानीय युवाहरू बीच विवाद र झगडा समेत हुने गरेको बताइएको छ । एक स्थानीय तहतर्फको बगरबाट रातारात अर्को स्थानीय तहमा समेत लगेर बालुवा थुपार्ने होडबाजी तामाकोशी नदी आसपासमा चलेको छ ।

साँघुरो बगर भएको तामाकोशी नदीमा केही स्थान बाहेक  कानूनी रूपमा क्रसर उद्योग राख्ने मापदण्ड नपुग्ने भए तापनि दोलखाका विभिन्न स्थानीय तहहरूले नदीका आसपास दर्जनौं ठाउँमा नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)