ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा भदौ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा 

२०७७ भदौ, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ १९, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । प्रशासनले शुक्रवार सूचना जारी गर्दै बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म बजार खोल्न सकिने बताएको छ । 

यसअघि बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र उपभोग्य सामानका पसलहरु खोल्दै आएकोमा यसलाई खुकुलो गरी परिमार्जन गरेको हो । 

बेलुका र बिहानको सीमित समयमा त्यस्ता पसल र अन्य सेवाहरु खोल्दा भीड थप बढेको भन्दै समयतालिका परिवर्तन गरी पसलहरु खोल्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए । 

सुवेदीका अनुसार दैनिक उपभोग्य साथै अन्य व्यवसाय १० बजेदेखि सञ्चालन गर्न पाइनेछ । यो समय बाहेक अन्य समयमा अत्यावश्यक काम र सेवा बाहेकका गतिविधिलाई रोक लगाइएको छ । 

यो बाहेक समूहमा गरिने क्रियाकलाप, भीड, शैक्षिक संस्था, मनोरञ्जनत्मक क्षेत्र तथा लामो दूरीका सार्वजनिक यातायातहरुलाई सञ्चालन गर्न भने पूर्ण रुपमा रोक लगाइएको छ । 

व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न प्रशासनले अनुरोध गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)