ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खपत कम भएपछि कुखुराको मासुको मूल्य ओरालोतर्फ, अण्डाको भने स्थिर 

२०७७ भदौ, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ २०, चितवन । सरकारले लकडाउन र निशेधाज्ञा जारी राखेकै बखत ढुवानी सहज नहुँदा कुखुराको मासुको मूल्यमा गिरावट आएको छ ।

कृषि तथा मासुजन्य उत्पादनको ढुवानीलाई सहज गरेपनि हालैका दिनमा माग भने कम छ । जसका कारण मासुको उत्पादन बढेको छ तर सहज रुपमा उपभोक्ताको भान्सामा पुग्न नसक्दा कुखुराको विक्रीमा सुधार आएको छैन । तर विगत केही महीनादेखि अण्डाको उत्पादन भने स्थिरहुँदा विक्री र मुल्य पनि स्थिर छ । 

असारको पहिलो सातादेखि देशभर लकडाउन खुकुलो भएपछि अधिकांश किसानहरुले ब्रोइलर कुखुरा पाल्न पुनः शुरु गरेका थिए तर त्यसको दुई महीना नपुग्दै देशका अधिकांश जिल्लामा लकडाउन र निशेधाज्ञा जारी गरिएपछि  मासुको मूल्य ओरालो लाग्दै गएको छ । तर अण्डाको हकमा भने हरेक किरानापसल र खाद्यपसल खुलेका कारण अण्डाको विक्रीसँगै मूल्यपनि स्थिर भएको छ । 

भरतपुर महानगरपालिका–१० भ्याली कोल्ड स्टोरका थोक विक्रेता तेजनारायण पाण्डे कुखुराको खपतमा भारी गिरावट आएकाले मूल्य समेत घटेको बताउँछन् । ‘लकडाउन खुल्यो भनेर सबै किसानले कुखुरा हाले’, उनले भने, ‘अहिले निशेधाज्ञा र लकडाउन छ । विक्री छैन ।’  उनका अनुसार फ्रेसहाउस तथा कोल्ड स्टोर सहज रुपमा खोल्न नपाउँदा पनि विक्री घटेको हो ।

 विक्री कम भएपछि मूल्य घटाउनुको विकल्प नभएको र उत्पादनसमेत थुप्रिएको कारण मूल्यमा ह्रास आएको हो । हाल चितवनमा जिउँदो ब्रोइलर प्रतिकेजी रू.९० देखि ११५ मा खरीदविक्री भइरहेको छ भने तयारी मासु अधिकतम प्रतिकेजी रू. २४० छ । तर प्रतिकेजी मासुको उत्पादननै रू. २०० को हाराहारी पर्छ । यस अघि तयारी मासु प्रतिकेजी रू. ४०० सम्म विक्री हुँदै आएको थियो । 

मासुको उत्पादन वृद्धि बढी र कम हुँदा हाल काठमाडौं लगायत अन्य शहरमा मासुको मागमा केही वृद्धि भएको छ । नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष हरिकृष्ण लोहनी ढुवानीमा सहज भएपनि खपत भने न्यून भएको बताउँछन् । ‘मुल्य घटेर के गर्ने, खपतनै छैन’, उनले भने, ‘उपभोक्ताले किन्नै पाएका छैनन् ।’ 

उनका अनुसार तराईका जिल्लामा साउन महीामा मासुको खपतनै नहुने र काठमाडौंमा निशेधाज्ञा भएको कारण मुल्य र मागमा असर परेको हो । तर लकडाउन खुकुलो भएपछि मुल्यमा सुधार आउने संभावना भएको कारण काठमाडौंका व्यवसायीले मासु भण्डारण गरेपछि अहिले मासुको मागमा सुधार आएको उनको भनाइ छ ।  उनले हाल दैनिक ७ हजार केजीसम्म मासु काठमाडौं पठाउने गरेको बताए । 

मासुको तुलनामा भने अण्डाको उत्पादन र विक्रीमा करीब सन्तुलनमा आएको छ । लकडाउन भएपछि अधिकांश साना किसानले दानाको अभावमा लेयर्स (अण्डा पार्ने कुखुरा) पाल्नै छाडेका थिए । त्यसको असर अहिले अण्डाको उत्पादनमा परेको छ ।

अण्डा उत्पादनको लागि कुखुरा खोरमा राखेको कम्तिमा छ महीना हुनुपर्दछ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी उत्पादनमा खासै वृद्धि नहुंँदा र उत्पादित अण्डा सबै ठाउँमा पुगेका कारण यसको मूल्यमा उत्तारचढाव नआएको बताउँछन् । ‘उत्पादनको तुलनामा मागपनि ठिकै छ, मुल्यपनि स्थिर भएको छ’, केसीले भने । 
 

अन्य समयमा भन्दा लकडाउनको समयमा अण्डाको माग पनि नबढ्दा यस्तो अवस्था आएको हो । अण्डा यो समयमा लामो समयमसम्म भण्डार गर्न सकिने र हरेक पसलमा पाइने भएकोले  विक्रीमा समस्या छैन । तर लागतको तुलनामा मुल्य वृद्धि हुन नसक्दा अण्डा उत्पादक किसान खासै फाइदा नभएको बताउँछन् । 

उनका अनुसार हाल बजारमा सानो अण्डाको मुल्य रू.२५५ प्रतिक्रेट छ भने ठूलो अण्डाको मुल्य प्रतिक्रेट रू. ३१५ छ । चाडबाड नजिकिएको र बन्दाबन्दी खुकुलोभएसँगै अण्डा र मासुको खपत बढ्ने ती व्यवसायीहरुको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)