ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ३० लाख लागतमा व्यावसायिक भैंसीपालन

२०७७ भदौ, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाका २ जना युवाले रू. ३० लाखको लागतमा व्यावसायिक भैंसीपालन शुरू गरेका छन् । भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी र अच्युुतप्रसाद सुवेदीले भैंसीपालन शुरू गरेका हुन् ।

मथानी कृषि तथा पशुपक्षी फार्म स्थापना गरी आफ्नै लगानीबाट व्यवसाय शुरू गरेको फार्मका प्रोप्राइटर रामहरि सुवेदीले बताए । फार्मको पूर्वाधारको रूपमा आफूहरूले आधुनिक गोठ तथा कामदार बस्ने घरको निर्माण सम्पन्न गरी व्यवसाय सञ्चालन गरेको सुवेदीको भनाइ छ । हाल मुर्रा तथा लाहुरी जातका ६ ओटा लैनो भैंसी फार्ममा रहेको उनले बताए । निकट भविष्यमा नै भैंसीको संख्या ३० ओटा पुर्‍याउने उनीहरूको योजना छ ।

अन्य पेशा भन्दा पशुपालनबाट नै आर्थिक अवस्था सपार्न सकिने र कम जोखिम हुने ठानेर आफूहरूले यो पेशामा लगानी गरेको सुवेदीको भनाइ छ । फार्ममा भएका भैंसीहरूबाट अहिले दैनिक ५० लिटर दूध उत्पादन हुने गरेको तथा प्रतिलिटर रू. १०० मा विक्री भइरहेको उनले बताए ।

हाल दैनिक रू. ५ हजारको दूध विक्री गर्दै आएका उनीहरूले सञ्चालन खर्च कटाएर सामान्य नाफा आर्जन गरिरहेका छन् । तर, फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि नाफा वृद्धि हुने उनीहरूको विश्वास छ । कोरोना संक्रमणको प्रभाव र बन्दाबन्दी लगायत समस्याका बेला पनि उत्पादन विक्रीमा खासै समस्या नभएको उनको भनाइ छ । दूध विक्री नभए पनि यसबाट बन्ने अन्य परिकारबाट पनि पैसामा परिवर्तन गर्न सकिने उनीहरूको भनाइ छ ।

‘हाल परिवारका सदस्यहरूबाटै फार्मको काम चलिरहेको छ’, सञ्चालक रामहरि सुवेदीले भने, ‘पूर्ण क्षमतामा सञ्चालन भएपछि ७ जना सम्मलाई पूर्ण रोजगारी सृजना हुन्छ ।’ घाँसको व्यवस्थापनका लागि आप्mनो तथा भाडामा समेत लिएर ८० रोपनी भन्दा बढी जग्गामा नेपिएर, अम्रिसो र सुपनलगायत जातका घाँस समेत रोपिएको छ ।

फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि चरिकोट बजारमै आप्mनै मिनिडेरी तथा विक्री कक्ष खोल्ने फार्मको योजना छ । हालसम्म आफूहरूले कुनै सरकारी अनुदान नपाएको फार्म सञ्चालकहरूको गुनासो छ । पैसा कमाउनका लागि विदेश जानै पर्छ भन्ने युवाहरूलाई यहीँ केही गर्ने हौसला राज्यले दिए गाउँ खाली नहुने प्रोप्राइटर सुवेदीको भनाइ छ ।

फार्मका लागि उन्नत नश्लका भैंसीहरू धनुषा तथा सर्लाहीबाट ल्याउने गरेको प्रोप्राइटर सुवेदीको भनाइ छ । पशुका लागि दाना बनाउने मेशिन पनि फार्म पूर्णरूपमा चलेपछि आफैले राख्ने मथानी कृषि तथा पशुपक्षी फार्मको योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)