ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छूट प्याकेजसहित व्यवसाय सञ्चालन गर्ने तयारीमा पर्यटन व्यवसायी 

२०७७ भदौ, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ २३, चितवन । चितवनका पर्यटन व्यवसायीले छूट प्याकेजसहित व्यवसाय सञ्चालन गर्ने तयारी गरेका छन् । जारी निषेधाज्ञा हटेसँगै सौराहा तथा चितवनका पर्यटन व्यवसायीले पर्यटकलाई आकर्षण गर्न यी योजना अघि सारेका हुन् । 

जसका लागि क्षेत्रीय होटल संघ (हान), रेष्टुरेण्ट एण्ड बार एसोसिएशन नेपाल (रेबान) र युनाईटेड हात्ती सञ्चालक सहकारी बीच छलफल भइरहेको छ । पर्यटन व्यवसायलाई गतिदिन र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले छूट दिने तयारी रहेको उनीहरुको भनाइ छ । 

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले लकडाउन खुल्ने वित्तिकै पर्यटकलाई छूट दिन व्यवसायी तयार रहेको जानकारी दिए । ‘यसअघि नै हामीले प्याकेज ल्याउने तयारीमा थियौ उनले भने, अब सिजन पनि शुरु भयो । पर्यटकलाई पनि आकर्षित गर्नुपर्यो ।’

होटल व्यवसाय मात्रको छूटले मात्र पर्यटक आकर्षण नहुने भन्दै रेष्टुरेण्ट एण्ड बार एसोसिएशन, हात्ती सञ्चालक, जीप तथा डुंगा सफारी लगायतका पर्यटकीय गतिविधिमा छूट दिन लागिएको हो । यति नै छूट दिने भन्ने विषयमा निर्णय  नभएपनि २० देखि ३० प्रतिशतसम्म छूट हुने उनको भनाइ छ । 

अहिलेसम्म पर्यटन व्यवसाय लामो समयसम्म बन्द भएको पहिलोपटक हो । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा रहेका पर्यटन व्यवसायीले पूर्वाधार, पर्यटन प्रवर्द्धनमा ठूलो खर्च गरेका थिए । कोभिड १९ को कारण भ्रमण वर्ष रद्ध भएसँगै उनीहरुमा थप चिन्ता भएको हो । 

पर्यटन व्यवसायबाट व्यवसायीले फाइदा लिने उद्देश्य नभई गती दिन मात्र छूटको प्याकेज ल्याउने तयारी रहेको बताउँछन् सघका पूर्व अध्यक्ष सुमन घिमिरे । ‘अब छूट दिनुको विकल्प नै छैन । नत हामीसँग पर्यटक आकर्षण गर्ने कुनै कार्यक्रम नै छ ।’ 

रेबानका अध्यक्ष दिपेन्द्र खतिवडा व्यवसायलाई विस्थापित हुनबाट रोक्न र पर्यटनलाई चलायमान बनाउन पनि छूट दिनु अनिवार्य भएको बताउँछन् । ‘अहिलेको यो प्याकेज आन्तरिक पर्यटक र निश्चित समयको प्याकेज हो, उनले भने, यो वर्ष बरु हामीलाई फाइदा चाहिएन ।’ रेबानले खानामा पर्यटकलाई ३० प्रतिशतसम्म छूट दिने तयारी गरिएको उनले बताए । 

सौराहामा खान बस्न मात्रै पर्यटक नआईकन अन्य पर्यटकीय गतिविधि, प्राकृतिक वातावरणको अवलोकन गर्न आउँछन् । विशेषगरी चितवनको पर्यटन जल जमीन जंगलमा आधारित पर्यटन हो । यसका लागि सबै पर्यटन व्यवसाय मिल्नुको विकल्प छैन । 

हात्ती सफारी र जीप सफारीको नामले परिचित यहाँको पर्यटनलाई उकास्न हात्ती सञ्चालकहरुले समेत छूट दिने तयारीमा छन् । ‘खाना र बासमा मात्रै छूट दिएर पुग्दैन हात्ती सफारीमा पनि छूट दिन हामी तयार छौं ।’ युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले भने । 

निकुञ्जको टिकटको पैसामा छूट नभएपनि हात्ती सञ्चालकले लिने शुल्कमा छूट गरिने उनको भनाइ छ । हाल हात्ती सफारीको लागि नेपाली पर्यटकको १ हजार २५० रुपैयाँ प्रतिव्यक्ति शुल्क छ ।

यसलाई १ हजारसम्म लागू गर्न तयार भएको तिवारीको भनाइ छ । गत साउन १५ गतेबाट पहिलोपटक खुल्न शुरु भएको सौराहाको पर्यटन व्यावसाय जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै साउन ३१ गतेदेखि निषेधाज्ञा जारी छ । 

सौराहामा साना ठूला गरी १२० ओटा होटल छन् भने ७०ओटा भन्दा बढी रेष्टुरेण्ट र बार रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)