ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निलकण्ठेश्वरलाई आवासीय मावि बनाइँदै

२०७७ भदौ, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । गौरिशंकर गाउँपालिकाको निलकण्ठेश्वर माध्यमिक विद्यालयलाई चालू आर्थिक वर्षबाट आवासीय माध्यमिक विद्यालय बनाउने भएको छ । बागमती प्रदेश सरकारले सो गाउँपालिका–२ जुँगुस्थित निलकण्ठेश्वर माविलाई आवासीय विद्यालय बनाउन लागिएको हो ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशका ५ ओटा सामुदायिक विद्यालयलाई आवासीय बनाउने निर्णय गरेबमोजिम निलकण्ठेश्वर मावि छनोटमा परेको हो । कोरोना कहर शान्त भएपछि विद्यालयमा नै राखेर विद्यार्थीलाई पठनपाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनतर्फ विद्यालय लागिरहेको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।

विद्यालयमा विद्यमान भौतिक संरचनामा नै विद्यालय खुलेपछि करीब २०० जना विद्यार्थीलाई तत्काल विद्यालयमा राखेर पठनपाठन गराइने विद्यालयको तयारी छ । बागमती प्रदेश सरकारको आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७६ बमोजिम दोलखाको निकण्ठेश्वर माध्यमिक विद्यालयमा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । डीपीआर अनुसार वहुवर्षीय योजनाअनुसार भौतिक पूर्वाधार लगायतका कामहरू हुने बताइएको छ । चालू आर्थिक वर्षमा रू. २ करोड भन्दा केही बढी रकम प्रदेश सरकारबाट विनियोजन भएको प्रदेशसभा सदस्य विशाल खड्काले बताए ।

क्रमागत योजनाको रूपमा विद्यालयमा छात्र–छात्राका लागि छुट्टा–छुट्टै छात्रबास बन्ने छ । आवासीय विद्यालय पूर्णरूपमा सञ्चालनमा आउँदा ६०० भन्दा बढी विद्यार्थी बस्न सक्ने छन् । आवासीय विद्यालयका लागि अहिले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण करीब सम्पन्न भइसकेको छ । डीपीआर स्वीकृत भएपछि छात्रबास भवन र हल लगायत संरचनाको पूर्वाधार निर्माण शुरू हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)