ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढ–मुग्लिन सडकमा ठूलो पहिरो, यातायात अवरुद्ध 

२०७७ असोज, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असोज २, चितवन । नारायणगढ मुग्लिनसडक खण्डमा तीन ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । रातभरि परेको अविरल वर्षाका कारण गेगर सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जानकारी दिएको छ । 

जिल्ला ट्राफिक कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले यस सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को केराबारी, चौध किलो र सत्र किलोमा पहिरो गएको जानकारी दिए  । यसमध्ये केराबारी भन्ने स्थानमा ठूलो पहिरो गएको छ । 

उनका अनुसार आज बिहान पौने ६ बजे गएको पहिरोमध्ये  हालैमात्र चौध किलोमा एकतर्फी रूपमा सडक चालू भए पनि केराबारी भन्ने स्थानमा ठूलो पहिरो खसेकोले सडक सञ्चालन हुन थप केही घण्टा लाग्नेछ । ‘अरू स्थानमा भन्दा केराबारी ठूलो पहिरो छ । पहिरो त्यस्तै एकसय मिटर लामो होला,’  उनले भने  । माथिबाट गेगर सहितको लेदो पहिरो खसेकाले सडक  सञ्चालन हुन कम्तीमा ४ घण्टा लाग्ने उनले जानकारी दिए । केराबारी मुग्लिनबाट नारायणगढतर्फ झण्डै १५ किलोमिटर दूरीमा पर्दछ । एक साताअघिदेखि यो सडकखण्डमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)