ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको डिस्यान्डर परीक्षण हुँदै

२०७७ असोज, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको डिस्यान्डर (बालुवा थिग्राउने पोखरी) परीक्षण सुरु भएको छ । बन्दाबन्दीका कारण हेडवक्र्सका संरचनाहरूको परीक्षण स्थगित भएकामा डिस्यान्डरको आंशिक परीक्षण असार अन्तिम साताबाट सुरु गरिएको हो ।

बन्दाबन्दीका कारण स्थगित डिस्यान्डरको परीक्षण नजिकै रहेको खोलाको पानी उक्त प्रविधिमा हालेर आंशिक रुपमा सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । डिस्यान्डरको आधी भागसम्म पानी भरी गेटहरूको परीक्षण गर्ने काम अहिले भइरहेको उनले जानकारी दिए । ड्यामको परीक्षण भने बन्दाबन्दीअगावै सम्पन्न भइसकेको छ ।

असोज अन्तिमसम्म एक युनिटबाट परीक्षणको रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य भने बन्दाबन्दीका कारण पूरा नहुने आयोजनाले बताएको छ ।

बन्दाबन्दीका कारण आयोजनामा काम गर्ने भारतीय मिस्त्री घर गएर नफर्किनु र   डिस्मेन्टेबल बक्स, एक्सपान्सन ज्वाइनजस्ता सामान कोलकाताबाट आउन नसक्दा आयोजनाको तेस्रो पेन स्टक जडानमा ढिलाइ भइरहेको छ । परामर्शदाता, विभिन्न सामान परीक्षण गर्न  भारत, चीन तथा युरोपबाट विज्ञहरू आउन नसक्दा पनि काममा ढिलाइ भइरहेको प्रवक्ता डा. न्यौपानेले बताए । उनले भने, ‘भूकम्पअघि ९ सयभन्दा बढी कामदारले दैनिक काम गर्ने आयोजनामा हाल करिब ४ सयले काम मात्र काम गरिरहेका छन् ।’ रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न भएर अधिकांश इक्युपमेन्ट साइटमा ल्याउने काम सकिए पनि जडानका लागि प्राविधिक नआउँदा  अगाडि बढ्न नसकेको आयोजनाले बताएको छ । ४ सय ५६ मेगावाटको राष्टिय गौरवको आयोजना माथिल्लो तामाकोशी कहिले सम्पन्न हुने भन्ने अन्योलसँगै यसमा थप लगानी  बढ्ने पक्का छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)